नेभिगेशन
सबै कुरा

जन्ती बोकेको जीप दुर्घटना, नाबालिका सहित २ जनाको मृत्यु

गौर । रौतहटको गढीमाई नगरपालिका वडा नं ६ मा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिका धरहरीबाट जन्ती बोकेर सर्लाहीको चक्रघटा फर्किने क्रममा आज बिहान सो दुर्घटना भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतीय नम्बर एचआर ७० डी ८३८२ भएको स्कारपीयो जिप दुर्घटना हुँदा काठमाण्डौँका ५५ वर्षिय कुल बहादुर श्रेष्ठ र सर्लाही चक्रघटा ३ सुन्दरपुरकी ७ वर्षीया बालिका स्वेता पण्डितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Ncell
Extreme Energy

शुक्रबार बिहान ९ बजे गढीमाई नगरपालिका ६ को सिंगारमन धर्मपुर सडकखण्डको धनहरी गाँउमा सो जिप नहरबाट तल पानीमा झरेको थियो । जिपमा १२ जना सवार रहेका थिए । दुर्घटनामा घाइते भएका ३ जनालाई अस्पताल लगिएको र अन्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीले डुबाएको विद्यालय सफाइमा सेना

बाढीले डुबाएको विद्यालय सफाइमा सेना

भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी माविमा नेपाली सेनाले सरसफाइ गर्दैछ ।
नारायणीमा भेटिँदै छन् भोटेकोशीले बगाएका शव

नारायणीमा भेटिँदै छन् भोटेकोशीले बगाएका शव

सोमबार बिहान ५ बजेदेखि निरन्तर सञ्चालन गरिएको खोजीका क्रममा सोमबार दिउँसो २ बजेसम्म नगर वन टापु क्षेत्रमा १० वटा शव फेला परेका छन् । त्यस्तै, सोही क्षेत्रमा थप...
पुनर्स्थापना र पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग चाहिन्छः परराष्ट्र

पुनर्स्थापना र पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग चाहिन्छः परराष्ट्र

मन्त्रालयका अनुसार ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन् ।
बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध रसुवामा विद्युत् सेवा पुनः सञ्चालन

बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध रसुवामा विद्युत् सेवा पुनः सञ्चालन

प्राधिकरणले बाँकी प्रभावित क्षेत्रमा समेत विद्युत् सेवा यथाशीघ्र नियमित गर्न आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरी काम जारी राखेको जनाएको छ।