नेभिगेशन
सबै कुरा

कास्की पहिरो अपटेडः मृतक पाँचजनाको सामूहिक दाहसंस्कार

कास्की । कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटमा गए रातिको पहिरोमा परेर मृत्यु भएका सातमध्ये पाँचजनाको सामूहिक दाहसंस्कार गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पुरुनचौरका कुलबहादुर परियारको घर गए रातिको पहिरोमा पुरिँदा उहाँको परिवारका छसहित सातजनाको मृत्यु भएको थियो । मृतकमध्ये पाँचजनाको आज साँझ माछापुच्छ्रे गाउँपालिका–२ स्थित सेती नदीको चिन्तेबगर घाटमा सामूहिक दाससंस्कार गरिएको स्थानीयवासी किशोरप्रसाद गौतमले जानकारी दिए ।

Ncell
Extreme Energy

पहिरोमा मृत्यु भएका कुलबहादुरसहित उहाँकी आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, १५ वर्षीया छोरी प्रशना र छिमेकी राधिका परियारको सेतीमा अन्त्येष्टि गरिएको हो । 

मृतकहरूप्रति श्रद्धाञ्जलिका लागि पोखरा महानगर प्रमुख धनराज आचार्य, पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, जनप्रतिनिधि तथा स्थानीयवासी पुगेका थिए । 

सोही घटनामा मृत्यु भएका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका बस्ने स्वर्गीय कुलबहादुरका छोरी प्रभा र ज्वाइँ अस्मित परियारको दाहसंस्कार भने अस्मितका बुबा वैदेशिक रोजगारीमा रहेकाले उनी स्वदेश आएपछि मात्र गरिने परिवारजनले जनाएको छ । मृतक दुईजनाको शव अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

कास्कीका तीन छुट्टाछुट्टै स्थानमा गए रातिको पहिरामा परेर ११ जनाको मृत्यु भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नारायणीमा भेटिँदै छन् भोटेकोशीले बगाएका शव

नारायणीमा भेटिँदै छन् भोटेकोशीले बगाएका शव

सोमबार बिहान ५ बजेदेखि निरन्तर सञ्चालन गरिएको खोजीका क्रममा सोमबार दिउँसो २ बजेसम्म नगर वन टापु क्षेत्रमा १० वटा शव फेला परेका छन् । त्यस्तै, सोही क्षेत्रमा थप...
पुनर्स्थापना र पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग चाहिन्छः परराष्ट्र

पुनर्स्थापना र पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग चाहिन्छः परराष्ट्र

मन्त्रालयका अनुसार ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन् ।
बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध रसुवामा विद्युत् सेवा पुनः सञ्चालन

बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध रसुवामा विद्युत् सेवा पुनः सञ्चालन

प्राधिकरणले बाँकी प्रभावित क्षेत्रमा समेत विद्युत् सेवा यथाशीघ्र नियमित गर्न आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरी काम जारी राखेको जनाएको छ।
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

केही समयमै तलतिरका घर, बस्ती र अन्य संरचना बाढीमा डुब्न थाले । उनीहरूले हेर्दाहेर्दै आफ्नै साथीहरूलाई बाढीले बगाएर बेपत्ता बनायो । “हेर्दाहेर्दै कति साथीहरू बगेर बेपत्ता भए ।...