नेभिगेशन
सबै कुरा

भेटिएनन् त्रिशूलीमा बेपत्ता बस, आजका लागि उद्धार स्थगित

चितवन । भरतपुर महानगरपालिका– २९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूलीमा बेपत्ता दुईवटा बसको खोजी आजका लागि स्थगित भएको छ । बिहानैबाट त्रिशूलीमा खसेका बस खोजिए पनि साँझसम्म नभेटिएकाले आजलाई स्थगित गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार अब भोलि बिहानबाट मात्रै बेपत्ता बस र यात्रु खोज्न सुरु गरिनेछ । उनले आज दिनभर खोजतलास गर्दा बस फेला पार्न नसकिएको बताए ।

“नदीमा पानीको प्रवाह घटेको छैन । रात परेकाले जोखिम हुने भयो, घटनास्थलबाट तीनरचार किलोमिटर तलसम्म खोज्दा पनि भेटिएन”, उनले भने। उनले नदीमा पानीको प्रवाह उच्च र धमिलो भएका कारण खोज्न समस्या भएको बताए । 

बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ । हुक लगाएर खोज्ने क्रममा एञ्जल डिलक्स  बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको प्रजिअ यादवले बताए। 

उनका अनुसार त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एक गरी पाँचवटा मोटरबोट, गोताखोर टोलीलगायत प्रयोग गरिएको थियो । भरतपुर महानगरपालिका–२९ सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिराले त्रिशूलीमा बगाएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पुनर्स्थापना र पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग चाहिन्छः परराष्ट्र

पुनर्स्थापना र पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग चाहिन्छः परराष्ट्र

मन्त्रालयका अनुसार ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन् ।
बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध रसुवामा विद्युत् सेवा पुनः सञ्चालन

बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध रसुवामा विद्युत् सेवा पुनः सञ्चालन

प्राधिकरणले बाँकी प्रभावित क्षेत्रमा समेत विद्युत् सेवा यथाशीघ्र नियमित गर्न आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरी काम जारी राखेको जनाएको छ।
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

केही समयमै तलतिरका घर, बस्ती र अन्य संरचना बाढीमा डुब्न थाले । उनीहरूले हेर्दाहेर्दै आफ्नै साथीहरूलाई बाढीले बगाएर बेपत्ता बनायो । “हेर्दाहेर्दै कति साथीहरू बगेर बेपत्ता भए ।...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।