नेभिगेशन
सबै कुरा

त्रिशुलीमै बिलाए जायजेथा बन्धकी राखेर छाेरीकाे उपचारका लागि काठमाडाैँ हिँडेका राउत परिवार

विरगञ्ज । गएराति नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले त्रिशुलीमा बगाएको बससँगै पर्साको एउटै घरका ३ जना बेपत्ता भएपछि सखुवा प्रसौनी २ को जमुनिया गाउँ शोकमग्न छ, राउत परिवार भावविह्ल छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

छोरीको पेटमा समस्या आएपछि रोपिसकेको ७ कठ्ठा खेत बन्धकी राखेर पर्साको सखुवा प्रसौनी २ जमुनियाका ५५ वर्षीय हृदयनारायण राउत, उनकी श्रीमती ५० वर्षीय भगवती देवी र बिरामी छोरी २२ वर्षीय चन्द्रभवा कुमारी बिहीबार साँझ काठमाडौँका लागि बस चढेका थिए । 

घरको आर्थिक अवस्था नाजुक थियो । छोरीको स्वास्थ्यमा पहिले देखिनै केही समस्या देखिएपनि आर्थिक जोह भएको थिएन । त्यसपछि हृदयनारायणले रोपिसकेको खेल साहुको बन्धकी राखे । साहुले दिएको ऋण बोकेर काठमाडौँ आउँदै गरेका राउत परिवार उपचारका लागि अस्पतालसम्म आउनै पाएनन् । 

हिजो साँझ रङ्गपुरबाट आएका बसमा बाबुआमा र दिदीलाई जयलालले नै प्रसौनीबाट बसमा चढाएका थिए । बिहीबार साँझ ८ बजे विरगञ्जबाट काठमाडौँका लागि हिँडेको बागमती प्रदेश ०३ ००६ ख १५१६ नम्बरको बस काठमाडौँ सम्म आउनै पाएन । बिहान काठमाडौँ पुगेर फोन गर्छु भनेका बाबुले जयलाललाई आफ्नो खबर सुनाउनै पाएनन् । बरु एकाबिहानै जयलालले नै बाबुआमा र दिदी चढेको बस पहिरोसँगै त्रिशुलीमा बेपत्ता भएको खबर पाए । 

घरका तीनै जना बेपत्ता भएपछि अहिले राउतको परिवार सम्हालिन सकेका छैनन् । घरमा रुवाबासी छ । 

राउतको घरको आर्थिक अवस्था निकै कमजोर छ । रोजगारीका लागि साउदी अरेबिया पुगेको राउतका जेठा छोरा श्याम विनय राउत परिवार त्रिशुलीमा बेपत्ता भएको खबरले छटपटिएका छन् । परिवारका ३ सदस्य बेपत्ता भएका राउत परिवारले आफन्तजनको अवस्था छिट्टै पत्ता लगाइदिन सरकारसँग आग्रह गर्छन् । 

अहिले राउतको परिवारलाई सम्हाल्न गाउँलेहरूलाई गाह्रो भैरहेको छ । राउतको घरको आर्थिक अवस्था दयनीय छ । बेपत्ताहरूको छिट्टै खोजी गरि परिवारलाई आवश्यक राहतको व्यवस्थापन गरिदिन स्थानीहरू सरकारसँग आग्रह गर्छन् । 

गएराति चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा पहिरो जाँदा विरगञ्जबाट काठमाडौँ आउँदै गरेको र काठमाडौँबाट गौर जाँदै गरेका दुइवटा बस पहिरोसँगै त्रिशुलीमा बगेका छन् । 

दुवै गाडीमा रहेका ६५ यात्रु मध्ये ३ जनाले हाम फालेर ज्यान जोगाएका छन्  भने ६२ जनाको अवस्था अज्ञात छ । चितवन प्रहरीका अनुसार अहिलेसम्म गाडीको पर्दा र बच्चाको कपडा बाहेक केही भेटिएको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।