नेभिगेशन
सबै कुरा

त्रिशुलीमै बिलाए जायजेथा बन्धकी राखेर छाेरीकाे उपचारका लागि काठमाडाैँ हिँडेका राउत परिवार

विरगञ्ज । गएराति नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले त्रिशुलीमा बगाएको बससँगै पर्साको एउटै घरका ३ जना बेपत्ता भएपछि सखुवा प्रसौनी २ को जमुनिया गाउँ शोकमग्न छ, राउत परिवार भावविह्ल छन् । 


City Express

छोरीको पेटमा समस्या आएपछि रोपिसकेको ७ कठ्ठा खेत बन्धकी राखेर पर्साको सखुवा प्रसौनी २ जमुनियाका ५५ वर्षीय हृदयनारायण राउत, उनकी श्रीमती ५० वर्षीय भगवती देवी र बिरामी छोरी २२ वर्षीय चन्द्रभवा कुमारी बिहीबार साँझ काठमाडौँका लागि बस चढेका थिए । 

घरको आर्थिक अवस्था नाजुक थियो । छोरीको स्वास्थ्यमा पहिले देखिनै केही समस्या देखिएपनि आर्थिक जोह भएको थिएन । त्यसपछि हृदयनारायणले रोपिसकेको खेल साहुको बन्धकी राखे । साहुले दिएको ऋण बोकेर काठमाडौँ आउँदै गरेका राउत परिवार उपचारका लागि अस्पतालसम्म आउनै पाएनन् । 

हिजो साँझ रङ्गपुरबाट आएका बसमा बाबुआमा र दिदीलाई जयलालले नै प्रसौनीबाट बसमा चढाएका थिए । बिहीबार साँझ ८ बजे विरगञ्जबाट काठमाडौँका लागि हिँडेको बागमती प्रदेश ०३ ००६ ख १५१६ नम्बरको बस काठमाडौँ सम्म आउनै पाएन । बिहान काठमाडौँ पुगेर फोन गर्छु भनेका बाबुले जयलाललाई आफ्नो खबर सुनाउनै पाएनन् । बरु एकाबिहानै जयलालले नै बाबुआमा र दिदी चढेको बस पहिरोसँगै त्रिशुलीमा बेपत्ता भएको खबर पाए । 

घरका तीनै जना बेपत्ता भएपछि अहिले राउतको परिवार सम्हालिन सकेका छैनन् । घरमा रुवाबासी छ । 

राउतको घरको आर्थिक अवस्था निकै कमजोर छ । रोजगारीका लागि साउदी अरेबिया पुगेको राउतका जेठा छोरा श्याम विनय राउत परिवार त्रिशुलीमा बेपत्ता भएको खबरले छटपटिएका छन् । परिवारका ३ सदस्य बेपत्ता भएका राउत परिवारले आफन्तजनको अवस्था छिट्टै पत्ता लगाइदिन सरकारसँग आग्रह गर्छन् । 

अहिले राउतको परिवारलाई सम्हाल्न गाउँलेहरूलाई गाह्रो भैरहेको छ । राउतको घरको आर्थिक अवस्था दयनीय छ । बेपत्ताहरूको छिट्टै खोजी गरि परिवारलाई आवश्यक राहतको व्यवस्थापन गरिदिन स्थानीहरू सरकारसँग आग्रह गर्छन् । 

गएराति चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा पहिरो जाँदा विरगञ्जबाट काठमाडौँ आउँदै गरेको र काठमाडौँबाट गौर जाँदै गरेका दुइवटा बस पहिरोसँगै त्रिशुलीमा बगेका छन् । 

दुवै गाडीमा रहेका ६५ यात्रु मध्ये ३ जनाले हाम फालेर ज्यान जोगाएका छन्  भने ६२ जनाको अवस्था अज्ञात छ । चितवन प्रहरीका अनुसार अहिलेसम्म गाडीको पर्दा र बच्चाको कपडा बाहेक केही भेटिएको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ भने लुम्बिनी र...
प्रधानमन्त्री र दुवै सदनका प्रमुखबीच भेटवार्ता

प्रधानमन्त्री र दुवै सदनका प्रमुखबीच भेटवार्ता

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।
प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

‘प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा मताधिकार दिनेबारे गृहकार्य सुरु गरिएको हो,’ प्रवक्ता काफ्लेले सिधाकुरासँग भने, ‘तर, तत्काल समानुपातिकमा मात्रै मताधिकार दिन सकिने अवस्था देखिएको छ । तर यो...