नेभिगेशन
सबै कुरा

२ परिवारका ८ जना त्रिशुलीमा बेपत्ता भएपछि शोकमा डुब्यो मटिअर्वा र सिसवा टोल

चन्द्रपुर । रौतहटका दुई गाउँ अहिले शोकमग्न छन् । नारायणगढ – मुग्लिन सडक खण्डको सिमलतालमा लेदो सहितको पहिरोमा परी गणपति डिलक्स त्रिशुलीमा बेपत्ता भएपछि बौधीमाई नगरपालिका वडा नम्वर ३ मटिअर्वा गाउँ र गरुडा नगरपालिका वडा नम्बर ९ को सिसवा टोल शोकमग्न भएको हो । 


मटिअर्वा गाउँका परशुराम साह बनियाका छोरा कृष्णनन्दन साह बनिया नेपाली सेनामा भर्ना भएका थिए । छोरा पासआउट भएको अवसरमा खुशियाली साटासाट गर्न परिवारका सदस्यहरू काठमाडौँ गएका थिए । ५८ वर्षीय परशुराम साह बनिया, उनकी ५५ वर्षीया श्रीमती मिना देवी साह, २५ वर्षीय माइलो छोरा सरोज साह बनिया, भारत विहार पूर्वी चम्पारण जिल्ला घर भएका ज्वाइँ २८ वर्षीय नरेश  र २४ वर्षीय छोरी रिंकु असार २५ गते मङ्गलवार गणपति डिलक्सबाट काठमाडौं गएका थिए ।

छोरा कृष्णनन्दन पासआउट भई खुशियाली साटासाट गरेर पुनः गणपति डिलक्सबाट घर फर्किरहेको अवस्थामा बिहीबार बिहान ३ः३० बजेको समयमा चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलतालमा लेदो सहितको पहिरोले बस बगायो । परशुरामको माइलो छोरा सरोजले हामफालेर ज्यान जोगाए । तर परिवारका अन्य सदस्यको अवस्था अज्ञात छ । परशुरामले जेठा छोरा सुकनकुमारसँग राति १२ बजे अन्तिम पटक फोनमा कुरा गरेका थिए । ‘बुवाले भोली विहानै घर आइपुग्छु भनेका थिए तर बिहानै ओच्छ्यानमै रहँदा गणपति डिलक्स त्रिशुलीमा खसेर बेपत्ता भएको खबर आयो । के भयो कसरी भयो हामीले कल्पना समेत गर्न सकेका छैनौँ । सुकनकुमारले सिधाकुरासँग भने । 

परशुरामसहित परिवारका ४ जना सदस्य बेपत्ता भएका छन् । उनीहरु बेपत्ता भएपछि परशुरामको घर आफन्तहरूले भरिएको छ । आफन्तहरू आँशुको भेल बगाउँदै परशुरामका परिवारका सदस्यहरू फिर्तीका कामना गरिरहेका छन् । 

यता गरुडा नगरपालिका वडा नम्बर ९ सिसवा टोलकी ५० वर्षीय जुगेश्वर राय यादवले गाडीबाट हामफालेर ज्यान जोगाए । तर उनीसँगै सवार परिवार ४ सदस्य बेपत्ता छन् । उनको ७ वर्षीय छोरा अशोक यादव, २७ वर्षीया छोरी अमृता यादव, अढाई वर्षको नाति शिवशङ्कर यादव र डेढ वर्षको नातिनीको अवस्था अज्ञात रहेको छ । उनी ७ वर्षीय अशोकको पेटमा रहेको घाउको उपचार गराउन र छोरीको ढाडमा रहेको समस्यालाई परीक्षण गराउन असार २० गते काठमाडौँ गएका थिए ।

रौतहट र वीरगञ्जका विभिन्न अस्पतालमा उपचार गराएर काठमाडौँ गएका उनीहरू गणपति डिलक्समा चढी रौतहट तर्फ आउने क्रममा दुखद दुर्घटनामा परेर बेपत्ता भए । उनको गाउँ सिसवा पुग्दा श्रीमती उमादेवी यादव अचेत अवस्थामा छिन् भने १८ वर्षीय जेठा छोरा सन्तोष यादव छिनछिनमा मुर्छा पर्छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले...