नेभिगेशन
सबै कुरा

२ परिवारका ८ जना त्रिशुलीमा बेपत्ता भएपछि शोकमा डुब्यो मटिअर्वा र सिसवा टोल

चन्द्रपुर । रौतहटका दुई गाउँ अहिले शोकमग्न छन् । नारायणगढ – मुग्लिन सडक खण्डको सिमलतालमा लेदो सहितको पहिरोमा परी गणपति डिलक्स त्रिशुलीमा बेपत्ता भएपछि बौधीमाई नगरपालिका वडा नम्वर ३ मटिअर्वा गाउँ र गरुडा नगरपालिका वडा नम्बर ९ को सिसवा टोल शोकमग्न भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

मटिअर्वा गाउँका परशुराम साह बनियाका छोरा कृष्णनन्दन साह बनिया नेपाली सेनामा भर्ना भएका थिए । छोरा पासआउट भएको अवसरमा खुशियाली साटासाट गर्न परिवारका सदस्यहरू काठमाडौँ गएका थिए । ५८ वर्षीय परशुराम साह बनिया, उनकी ५५ वर्षीया श्रीमती मिना देवी साह, २५ वर्षीय माइलो छोरा सरोज साह बनिया, भारत विहार पूर्वी चम्पारण जिल्ला घर भएका ज्वाइँ २८ वर्षीय नरेश  र २४ वर्षीय छोरी रिंकु असार २५ गते मङ्गलवार गणपति डिलक्सबाट काठमाडौं गएका थिए ।

छोरा कृष्णनन्दन पासआउट भई खुशियाली साटासाट गरेर पुनः गणपति डिलक्सबाट घर फर्किरहेको अवस्थामा बिहीबार बिहान ३ः३० बजेको समयमा चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलतालमा लेदो सहितको पहिरोले बस बगायो । परशुरामको माइलो छोरा सरोजले हामफालेर ज्यान जोगाए । तर परिवारका अन्य सदस्यको अवस्था अज्ञात छ । परशुरामले जेठा छोरा सुकनकुमारसँग राति १२ बजे अन्तिम पटक फोनमा कुरा गरेका थिए । ‘बुवाले भोली विहानै घर आइपुग्छु भनेका थिए तर बिहानै ओच्छ्यानमै रहँदा गणपति डिलक्स त्रिशुलीमा खसेर बेपत्ता भएको खबर आयो । के भयो कसरी भयो हामीले कल्पना समेत गर्न सकेका छैनौँ । सुकनकुमारले सिधाकुरासँग भने । 

परशुरामसहित परिवारका ४ जना सदस्य बेपत्ता भएका छन् । उनीहरु बेपत्ता भएपछि परशुरामको घर आफन्तहरूले भरिएको छ । आफन्तहरू आँशुको भेल बगाउँदै परशुरामका परिवारका सदस्यहरू फिर्तीका कामना गरिरहेका छन् । 

यता गरुडा नगरपालिका वडा नम्बर ९ सिसवा टोलकी ५० वर्षीय जुगेश्वर राय यादवले गाडीबाट हामफालेर ज्यान जोगाए । तर उनीसँगै सवार परिवार ४ सदस्य बेपत्ता छन् । उनको ७ वर्षीय छोरा अशोक यादव, २७ वर्षीया छोरी अमृता यादव, अढाई वर्षको नाति शिवशङ्कर यादव र डेढ वर्षको नातिनीको अवस्था अज्ञात रहेको छ । उनी ७ वर्षीय अशोकको पेटमा रहेको घाउको उपचार गराउन र छोरीको ढाडमा रहेको समस्यालाई परीक्षण गराउन असार २० गते काठमाडौँ गएका थिए ।

रौतहट र वीरगञ्जका विभिन्न अस्पतालमा उपचार गराएर काठमाडौँ गएका उनीहरू गणपति डिलक्समा चढी रौतहट तर्फ आउने क्रममा दुखद दुर्घटनामा परेर बेपत्ता भए । उनको गाउँ सिसवा पुग्दा श्रीमती उमादेवी यादव अचेत अवस्थामा छिन् भने १८ वर्षीय जेठा छोरा सन्तोष यादव छिनछिनमा मुर्छा पर्छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

केही समयमै तलतिरका घर, बस्ती र अन्य संरचना बाढीमा डुब्न थाले । उनीहरूले हेर्दाहेर्दै आफ्नै साथीहरूलाई बाढीले बगाएर बेपत्ता बनायो । “हेर्दाहेर्दै कति साथीहरू बगेर बेपत्ता भए ।...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
तनहुँमा भेटिएका शव चैनपुर जंगलमा पुरिँदै

तनहुँमा भेटिएका शव चैनपुर जंगलमा पुरिँदै

देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल क्षेत्रमा गरिने भएको छ ।
कांग्रेसले भन्यो– तत्काल संसद् बैठक बोलाऊ, विपद्‍मा भएका कामबारे जानकारी देऊ

कांग्रेसले भन्यो– तत्काल संसद् बैठक बोलाऊ, विपद्‍मा भएका कामबारे जानकारी देऊ

प्रमुख सचेतक बासना थापाले संसद बैठक बोलाउन सभामुखसँग छलफल गर्ने निर्णय भएको जानकारी दिइन् ।