नेभिगेशन
सबै कुरा

समावेशिता र प्रादेशिक सन्तुलन कायम हुने गरी मन्त्री चयन गर्ने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले समावेशिता र प्रादेशिक सन्तुलन कायम हुने गरी मन्त्री चयन गर्ने निर्णय गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्दा योगदान र योग्यताका साथै समावेशिता र प्रादेशिक सन्तुलनलाई मापदण्ड बनाउने निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महत्तले जानकारी दिए । 

Ncell
Extreme Energy

त्यस्तै बैठकले एमालेसंग राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धी सहमति भएपश्चात एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको उनले बताए । 

महतले प्रधानमन्त्रीले सपथ लिने समयसम्म सबै मन्त्रीहरुको टुङ्गो लाग्ने बताए । पार्टीबाट मन्त्री चयनका लागि आन्तरिक छलफल भइरहेको उनको भनाइ छ  । 

त्यस्तै बैठकले देशभर प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै उद्धार, राहत र पुनस्थापनाका कामलाई तीव्रताका साथ अघि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

केही समयमै तलतिरका घर, बस्ती र अन्य संरचना बाढीमा डुब्न थाले । उनीहरूले हेर्दाहेर्दै आफ्नै साथीहरूलाई बाढीले बगाएर बेपत्ता बनायो । “हेर्दाहेर्दै कति साथीहरू बगेर बेपत्ता भए ।...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
तनहुँमा भेटिएका शव चैनपुर जंगलमा पुरिँदै

तनहुँमा भेटिएका शव चैनपुर जंगलमा पुरिँदै

देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल क्षेत्रमा गरिने भएको छ ।
कांग्रेसले भन्यो– तत्काल संसद् बैठक बोलाऊ, विपद्‍मा भएका कामबारे जानकारी देऊ

कांग्रेसले भन्यो– तत्काल संसद् बैठक बोलाऊ, विपद्‍मा भएका कामबारे जानकारी देऊ

प्रमुख सचेतक बासना थापाले संसद बैठक बोलाउन सभामुखसँग छलफल गर्ने निर्णय भएको जानकारी दिइन् ।