नेभिगेशन
सबै कुरा

आजकाे माैसम : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडाैँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।कोशी प्रदेश, मधेस, बागमती  र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ  ।

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा  भारी वर्षा हुने विभागको पूर्वानुमान छ ।  

CG

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी र गण्डकी प्रदेशका एक–दुई  स्थानमा  भारी वर्षाको सम्भावना  छ ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती  र गण्डकी प्रदेशका केही  स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पनि केही  स्थानमा मेघगर्जन र चट्यङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।   कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई  स्थानमा  भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, मधेस, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही  स्थान तथा कर्णाली  र सुदूरपश्चिम प्रदेशका केही भागमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई  स्थानमा  भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरोको क्षतिबाट बच्न विभागले अनुरोध गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गाउँमै उद्योग स्थापना भएपछि किबी उत्पादक किसानलाई राहत

गाउँमै उद्योग स्थापना भएपछि किबी उत्पादक किसानलाई राहत

स्थानीय दुर्गामणि पौडेलले काठमाडौँबाट फर्किएर वडाको घुमाउनेस्थित तोरीबारीमा रु १० करोड लागतमा पाँच सय टन किबी खपत गर्ने क्षमताको उद्योग सञ्चालनमा ल्याएपछि किसानहरू लाभान्वित भएका हुन् ।
समपूरक र विशेष अनुदानका लागि आयोजना प्रस्ताव गर्न आग्रह

समपूरक र विशेष अनुदानका लागि आयोजना प्रस्ताव गर्न आग्रह

समपूरक अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ र विशेष अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ मा व्यवस्था भएबमोजिम प्रदेश सरकार र स्थानीय तहबाट प्रस्ताव आह्वान गरिएको हो ।
अनियमित मौसमका कारण यस वर्ष भोजपुरमा धान उत्पादन घट्यो

अनियमित मौसमका कारण यस वर्ष भोजपुरमा धान उत्पादन घट्यो

केन्द्रका सूचना अधिकारी घनश्याम बरालका अनुसार समयमै पानी नपर्दा रोपाइँ प्रभावित हुनुका साथै केही स्थानमा अत्यधिक वर्षाले धानबाली डुबानमा परेर नष्ट भएको हो । उनले भने, “मौसमको अनियमितताले...
आज विश्व ध्यान दिवस मनाइँदै

आज विश्व ध्यान दिवस मनाइँदै

त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको जनाइएको छ ।