नेभिगेशन
सबै कुरा

आजकाे माैसम : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडाैँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।कोशी प्रदेश, मधेस, बागमती  र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ  ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा  भारी वर्षा हुने विभागको पूर्वानुमान छ ।  

Ncell
Extreme Energy

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी र गण्डकी प्रदेशका एक–दुई  स्थानमा  भारी वर्षाको सम्भावना  छ ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती  र गण्डकी प्रदेशका केही  स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पनि केही  स्थानमा मेघगर्जन र चट्यङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।   कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई  स्थानमा  भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, मधेस, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही  स्थान तथा कर्णाली  र सुदूरपश्चिम प्रदेशका केही भागमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई  स्थानमा  भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरोको क्षतिबाट बच्न विभागले अनुरोध गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

केही समयमै तलतिरका घर, बस्ती र अन्य संरचना बाढीमा डुब्न थाले । उनीहरूले हेर्दाहेर्दै आफ्नै साथीहरूलाई बाढीले बगाएर बेपत्ता बनायो । “हेर्दाहेर्दै कति साथीहरू बगेर बेपत्ता भए ।...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
तनहुँमा भेटिएका शव चैनपुर जंगलमा पुरिँदै

तनहुँमा भेटिएका शव चैनपुर जंगलमा पुरिँदै

देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल क्षेत्रमा गरिने भएको छ ।
कांग्रेसले भन्यो– तत्काल संसद् बैठक बोलाऊ, विपद्‍मा भएका कामबारे जानकारी देऊ

कांग्रेसले भन्यो– तत्काल संसद् बैठक बोलाऊ, विपद्‍मा भएका कामबारे जानकारी देऊ

प्रमुख सचेतक बासना थापाले संसद बैठक बोलाउन सभामुखसँग छलफल गर्ने निर्णय भएको जानकारी दिइन् ।