नेभिगेशन
सबै कुरा

स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई कुटपिट गर्ने धम्की आयो : मुकुल ढकाल

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित महामन्त्री मुकुल ढकालले आफूलाई पार्टी उपसभापति स्वर्णीम वाग्लेको सचिवालयले कुटपिट गर्ने धम्की आएको बताएका छन् । सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै उनले शनिबार राति वाग्लेको सचिवालयले फोन गरेर त्यसै नछोड्ने धम्की दिएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ढकालले शनिबार एक इन्टरभ्यूमा वाग्लेले नेपाललाई भारतको एक प्रान्त बनाउनुपर्छ भन्ने अभिव्यक्ति दिएको आराेप लगाएका थिए। त्यसपछि उनले आफूलाई वाग्लेको सचिवालयले पटकपटक फोन गरेको र आफूले फोन नउठाएपछि आफूसँगै बस्ने भाईलाई फोन गरेर मुकुललाई कुटपिट गर्ने बताएपछि आफूले सुरक्षा निकाय गुहारेको बताएका छन् । ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे , फोन उठाइन । मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन’... लगायत अनेक भनेकाले , हिजै राती इलाकाको डिएसपिलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।’, उनले लेखेका छन् ।

Ncell
Extreme Energy

पार्टीको समिक्षा यात्रा र त्यसको प्रतिवेदनसँगै विकास भएका घटनाक्रमले रास्वपाभित्र आन्तरिक द्वन्द सिर्जना भएको छ । जसका कारण पार्टीले मुकुल ढकाललाई साधारण सदस्य मात्रै रहने गरी निष्कासन गरेको छ । तर ढकाल भने आफू रवि लामिछानेको क्लबबाट मात्र निष्कासन भएको भन्दै विभिन्न विवादास्पद र आपत्तिजनक अभिव्यक्ति दिँदै आएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुरुङमा भारत, चीन र कोरियाका उद्धारकर्मी

सुरुङमा भारत, चीन र कोरियाका उद्धारकर्मी

सरकारले रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरुको उद्धारमा नेपाली सेनासँगै ३ देशका विशेषज्ञ परिचालित भएको जनाएको छ ।
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १०१० पुग्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १०१० पुग्यो

हिलेसम्म १०१० शव फेला परेको प्रहरीले जनाएको छ ।
यस्तो छ भोलि संसद्‍मा सभामुखले पेश गर्ने विशेष प्रस्ताव

यस्तो छ भोलि संसद्‍मा सभामुखले पेश गर्ने विशेष प्रस्ताव

भोलिको बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले विशेष प्रस्ताव पेश गर्नेछन् ।
महाकालीमा पानीको बहाव बढेपछि बनवासा पुल बन्द

महाकालीमा पानीको बहाव बढेपछि बनवासा पुल बन्द

महाकाली नदीमा जलस्तर बढेसँगै पश्चिमी नाका गड्डाचौकी भएर नेपाल–भारत आवतजावत गर्ने चारपाङ्ग्रे सवारी साधनलाई शारदा ब्यारेज (बनवासा पुल) आवागमन रोकिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।