नेभिगेशन
सबै कुरा

स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई कुटपिट गर्ने धम्की आयो : मुकुल ढकाल

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित महामन्त्री मुकुल ढकालले आफूलाई पार्टी उपसभापति स्वर्णीम वाग्लेको सचिवालयले कुटपिट गर्ने धम्की आएको बताएका छन् । सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै उनले शनिबार राति वाग्लेको सचिवालयले फोन गरेर त्यसै नछोड्ने धम्की दिएको बताएका छन् । 

ढकालले शनिबार एक इन्टरभ्यूमा वाग्लेले नेपाललाई भारतको एक प्रान्त बनाउनुपर्छ भन्ने अभिव्यक्ति दिएको आराेप लगाएका थिए। त्यसपछि उनले आफूलाई वाग्लेको सचिवालयले पटकपटक फोन गरेको र आफूले फोन नउठाएपछि आफूसँगै बस्ने भाईलाई फोन गरेर मुकुललाई कुटपिट गर्ने बताएपछि आफूले सुरक्षा निकाय गुहारेको बताएका छन् । ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे , फोन उठाइन । मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन’... लगायत अनेक भनेकाले , हिजै राती इलाकाको डिएसपिलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।’, उनले लेखेका छन् ।

Dish Home
Global Ime Bank

पार्टीको समिक्षा यात्रा र त्यसको प्रतिवेदनसँगै विकास भएका घटनाक्रमले रास्वपाभित्र आन्तरिक द्वन्द सिर्जना भएको छ । जसका कारण पार्टीले मुकुल ढकाललाई साधारण सदस्य मात्रै रहने गरी निष्कासन गरेको छ । तर ढकाल भने आफू रवि लामिछानेको क्लबबाट मात्र निष्कासन भएको भन्दै विभिन्न विवादास्पद र आपत्तिजनक अभिव्यक्ति दिँदै आएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भारतको ‘अपरेसन सिन्दूर’ विरुद्ध पाकिस्तानको ‘अपरेसन बुन्यान अन मार्सुस’

भारतको ‘अपरेसन सिन्दूर’ विरुद्ध पाकिस्तानको ‘अपरेसन बुन्यान अन मार्सुस’

अपरेसन बुन्यान अन मार्सुस अन्तर्गत भारतका प्रमुख सैन्य प्रतिष्ठानलाई लक्षितगरि आक्रमण गरिने छ ।
भारतीय राजदूत श्रीवास्तवद्वारा आतङ्कवादविरुद्ध नेपालले लिएको अडानका लागि धन्यवाद व्यक्त

भारतीय राजदूत श्रीवास्तवद्वारा आतङ्कवादविरुद्ध नेपालले लिएको अडानका लागि धन्यवाद व्यक्त

पाकिस्तानको ‘द रेसिस्टेन्ट फोर्स (टीआरएफ)’ले गत ‘२२ अप्रिल’मा पहलगाममा २६ जना सर्वसाधरण मानिसको ज्यान लिने गरी हमला गरेको बताउँदै उनले त्यसपछि पनि जम्मु–काश्मीर क्षेत्रका सर्वसाधरण जनतासहित धार्मिक, पुरातात्विक...
अर्थमन्त्री विष्णु पौडेललाई उद्योगीले रवि लामिछानेले जस्तै गम्भीर भएर बर्तमान सरकारले पनि काम गर्नुपर्यो भनेपछि...

अर्थमन्त्री विष्णु पौडेललाई उद्योगीले रवि लामिछानेले जस्तै गम्भीर भएर बर्तमान सरकारले पनि काम गर्नुपर्यो भनेपछि...

‘म विशुद्ध उद्योगी–व्यापारी हुँ। मलाई कुनै दल विशेषको पक्षपोषण र राजनीतिक लाभ–हानीको कुरा गर्नु छैन। रवि लामिछानेले गृहमन्त्री भएको समयमा भन्सार नाकाबाट हुने चोरी पैठारी पूर्णरुपमा बन्द भएको...
रविन्द्र मिश्रमाथि पनि राजनीतिक प्रतिशोध !

रविन्द्र मिश्रमाथि पनि राजनीतिक प्रतिशोध !

वैशाख १४ गते राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई अदालत पेश गरिएको थियाे । मिश्रको हातमा हतकडी थियो । उनी हात जोडेर नमस्कार गर्न खोज्दै थिए । तर प्रहरीले...

भर्खरै