नेभिगेशन
सबै कुरा

सिमलताल पहिरो : बेपत्ताको खोजी गर्न डेढ सय सशस्त्र प्रहरी परिचालन

काठमाडौँ । चितवनको सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न एक सय ४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बेपत्ताको खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११ गोताखोरसहित ७९ जना परिचालन गरिएका छन् ।

Ncell
Extreme Energy

त्रिशूली नदीको तटीय क्षेत्रका विभिन्न इलाकामा पनि फौज परिचालन गरी बेपत्ता यात्रु खोज्ने काम भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । खोजी कार्यमा सशस्त्र प्रहरीका साथै नेपाली सेना र नेपाल प्रहरी पनि खटिइएका छन् ।

सशस्त्र प्रहरीले दुर्घटनास्थल सिमलतालमा प्रहरी निरीक्षकको नेतृत्वमा २५, चनौली इलाकामा नं १७ गणका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११, गोलाघाट इलाकामा सशस्त्र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ‘¥याफ्याटिङ बोट’ सहित १५, देवघाट इलाकामा सशस्त्र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० र भरतपुरको पुल्चोकस्थित नारायणी नदी किनारमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा नौ जना परिचालित भएका छन् ।

त्रिशूली नदीमा पानीको मात्रा अत्यधिक र पानी धमिलो भए पनि खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ । उद्धारका लागि खटिएका सुरक्षाकर्मीले ड्रोन क्यामेरा, सोनारा क्यामेरालगायत उपकरणको प्रयोग गरी बेपत्ता यात्रुको खोजी जारी राखेका छन् ।

गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूली नदीमा दुई बसका बेपत्ता यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव अधिकारीका अनुसार भेटिएका शवमध्ये तीनको पहिचान खुलेको छ ।

माडी नगपालिका- १ का २२ वर्षीय विकास परियार, सर्लाहीको बरहथवा नगरपालिका- ३ का १९ वर्षीय रमितकुशर माझी र भारतको विहार प्रान्तको सीतामणिस्थित बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो ।

काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३-००१ख २४९५ र वीरगञ्जबाट काठमाडौँतर्फ आइरहेको बागमती प्रदेश०३-००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा बगेका थिए ।

गौरतर्फ गइरहेको बसमा ३८ तथा काठामाडौँतर्फ आइरहेको बसमा २७ यात्रु बेपत्ता भएका अनुमान गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुरुङमा भारत, चीन र कोरियाका उद्धारकर्मी

सुरुङमा भारत, चीन र कोरियाका उद्धारकर्मी

सरकारले रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरुको उद्धारमा नेपाली सेनासँगै ३ देशका विशेषज्ञ परिचालित भएको जनाएको छ ।
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १०१० पुग्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १०१० पुग्यो

हिलेसम्म १०१० शव फेला परेको प्रहरीले जनाएको छ ।
यस्तो छ भोलि संसद्‍मा सभामुखले पेश गर्ने विशेष प्रस्ताव

यस्तो छ भोलि संसद्‍मा सभामुखले पेश गर्ने विशेष प्रस्ताव

भोलिको बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले विशेष प्रस्ताव पेश गर्नेछन् ।
महाकालीमा पानीको बहाव बढेपछि बनवासा पुल बन्द

महाकालीमा पानीको बहाव बढेपछि बनवासा पुल बन्द

महाकाली नदीमा जलस्तर बढेसँगै पश्चिमी नाका गड्डाचौकी भएर नेपाल–भारत आवतजावत गर्ने चारपाङ्ग्रे सवारी साधनलाई शारदा ब्यारेज (बनवासा पुल) आवागमन रोकिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।