नेभिगेशन
सबै कुरा

उपत्यकाबाट हराएका २१ थान दुई पाङ्ग्रे सवारीसाधन फेला

 काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका २१ थान दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट हराएका तथा चोरी भएका १३ मोटरसाइकल र आठवटा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

Ncell
Extreme Energy

कार्यालयका प्रहरी उपरीक्षक विश्वराज खड्काले उपत्यकाको सिंहदरबार, कपन, रामहिटी, गौशाला, नयाँबसपार्क, बालाजु, टोखा, मालिगाउँ, रानीवन, गौरीघाट, बौद्ध, बुद्धनगर, कालीमाटी, मैतिदेवी र चुनदेवीलगायत विभिन्न स्थानबाट हराएका सवारीसाधन फेला पारेर बुझाइएको जानकारी दिए ।

हराएका सवारीसाधन खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा  फेला परेका प्रहरी उपरीक्षक खड्काले बताए। ट्राफिक प्रहरीले चालु आर्थिक वर्षमा चार सय १७ सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । 

अवैध रुपमा नेपाल भित्रिएका १७ सवारीसाधनलाई भन्सार कार्यालयमा बुझाइएको खड्काले जानकारी दिए । ट्राफिकले चालु आवमा सवारीसाधन चोरी गर्ने ४१ जनालाई पक्राउ गरी कारबाहीका लागि प्रहरीकामा बुझाएको छ । 

सवारीसाधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरु जडान गर्ने तथा मानिसको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुरुङमा भारत, चीन र कोरियाका उद्धारकर्मी

सुरुङमा भारत, चीन र कोरियाका उद्धारकर्मी

सरकारले रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरुको उद्धारमा नेपाली सेनासँगै ३ देशका विशेषज्ञ परिचालित भएको जनाएको छ ।
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १०१० पुग्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १०१० पुग्यो

हिलेसम्म १०१० शव फेला परेको प्रहरीले जनाएको छ ।
यस्तो छ भोलि संसद्‍मा सभामुखले पेश गर्ने विशेष प्रस्ताव

यस्तो छ भोलि संसद्‍मा सभामुखले पेश गर्ने विशेष प्रस्ताव

भोलिको बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले विशेष प्रस्ताव पेश गर्नेछन् ।
महाकालीमा पानीको बहाव बढेपछि बनवासा पुल बन्द

महाकालीमा पानीको बहाव बढेपछि बनवासा पुल बन्द

महाकाली नदीमा जलस्तर बढेसँगै पश्चिमी नाका गड्डाचौकी भएर नेपाल–भारत आवतजावत गर्ने चारपाङ्ग्रे सवारी साधनलाई शारदा ब्यारेज (बनवासा पुल) आवागमन रोकिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।