नेभिगेशन
सबै कुरा

नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिदै

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज  पद तथा गोपनीयताको शपथ लिँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान ११ बजे शीतल निवासमा आयोजना हुने विशेष समारोहमा  प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिनुहुने कार्यक्रम रहेको छ ।  प्रधानमन्त्री ओलीबाट आजै मन्त्रिपरिषद्को विस्तार भएपछि नव नियुक्त मन्त्रीहरुको पनि पद तथा गोपनीयताको शपथ हुने कार्यक्रम रहेको छ ।     

राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री  नियुक्त गरेका थिए ।  प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीचको यही असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । राष्ट्रपति पौडेलले शुक्रबार प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्न ५ बजेसम्मका लागि समय  दिएका थिए ।  । 

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रवि लामिछानेको उपस्थितिमा रास्वपाको केन्द्रीय समिति बैठक सुरु

रवि लामिछानेको उपस्थितिमा रास्वपाको केन्द्रीय समिति बैठक सुरु

यस अघि कार्यकर्ता तथा शुभेच्छुकले बाजा गाजा सहित पार्टी कार्यालयमा भव्य स्वागत गरेका लामिछानेलाई कार्यवहाक सभापति डिपी अर्यालले स्वागत सहित जिम्मेवारी हस्तान्तरण गरेका थिए । अहिले केन्द्रीय समिति...
डिपीले रवि लामिछानेलाई हस्तान्तरण गरे सभापतिको कार्यभार

डिपीले रवि लामिछानेलाई हस्तान्तरण गरे सभापतिको कार्यभार

लामिछानेलाई पार्टी कार्यालयमा स्वागत गर्दै कार्यवहाक सभापति अर्यालले  जिम्मेवारी लामिछानेलाई हस्तान्तरण गरेका हुन् । बनस्थलीस्थित पार्टी कार्यालयमा हजारौँ कार्यकर्ता एवं शुचेच्छुकहरू उपस्थित भएका छन् । उनलाई बाजागाजासहित रास्वपाका...
२ सय ६६ दिनपछि घण्टीघरमा रवि लामिछानेको 'इन्ट्री'

२ सय ६६ दिनपछि घण्टीघरमा रवि लामिछानेको 'इन्ट्री'

बनस्थलीस्थित पार्टी कार्यालयमा हजारौँ कार्यकर्ता एवं शुचेच्छुकहरू उपस्थित भएका छन् ।  उनलाई बाजागाजासहित रास्वपाका कार्यवहाक सभापति डिपी अर्याल लगायतका नेताहरुले स्वागत गरेका हुन् ।