नेभिगेशन
सबै कुरा

सिमलताल दुर्घटनाः थप दुई शवको पहिचान खुल्यो

चितवन । नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार पहिरोले बगाएको बसका यात्रु मध्ये नवलपरासीको त्रिवेणीमा भेटिएका दुईवटा शवको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार आइतबार साँझ भेटिएका ती शवको अहिले पहिचान खुलेको हो ।

सनाखत हुनेमा भरतपुर –२२ पटिहानीका २३ वर्षीय सुदीप विक र रौतहटका १७ वर्षीय फिरोज राहुपत छन् । ती भेटिएका शवमध्ये सात वटाको सनाखत भएको छ भने अन्य चार शवको सनाखत हुन बाँकी रहेको छ । आइतबार पहिचान खुलेकामा भारतको विहार बेतिया जिल्ला पश्चिम सम्पारण–२२ का ४० वर्षीय सजाद अन्सारी, भारतकै जयप्रकाश ठाकुर, माडी नगरपालिका–१ का २२ वर्षीय विकाश परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको विहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साह थिए ।

CG

यही असार २८ गते बिहान ३ः३० बजेको समयमा  नारायगढ–मुग्लिन सडकखण्डको सिमलतालमा वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख००१ नम्बरको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका थिए । ती बसमा सवार यात्रुको पहिचान शव भेटिने क्रम जारी रहेको प्रहरी प्रमुख रिमालले बताए । घटनास्थल र यसका आसपासमा बस र यात्रुको खोजी जारी रहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी जारी राखेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रवि लामिछानेको उपस्थितिमा रास्वपाको केन्द्रीय समिति बैठक सुरु

रवि लामिछानेको उपस्थितिमा रास्वपाको केन्द्रीय समिति बैठक सुरु

यस अघि कार्यकर्ता तथा शुभेच्छुकले बाजा गाजा सहित पार्टी कार्यालयमा भव्य स्वागत गरेका लामिछानेलाई कार्यवहाक सभापति डिपी अर्यालले स्वागत सहित जिम्मेवारी हस्तान्तरण गरेका थिए । अहिले केन्द्रीय समिति...
डिपीले रवि लामिछानेलाई हस्तान्तरण गरे सभापतिको कार्यभार

डिपीले रवि लामिछानेलाई हस्तान्तरण गरे सभापतिको कार्यभार

लामिछानेलाई पार्टी कार्यालयमा स्वागत गर्दै कार्यवहाक सभापति अर्यालले  जिम्मेवारी लामिछानेलाई हस्तान्तरण गरेका हुन् । बनस्थलीस्थित पार्टी कार्यालयमा हजारौँ कार्यकर्ता एवं शुचेच्छुकहरू उपस्थित भएका छन् । उनलाई बाजागाजासहित रास्वपाका...
२ सय ६६ दिनपछि घण्टीघरमा रवि लामिछानेको 'इन्ट्री'

२ सय ६६ दिनपछि घण्टीघरमा रवि लामिछानेको 'इन्ट्री'

बनस्थलीस्थित पार्टी कार्यालयमा हजारौँ कार्यकर्ता एवं शुचेच्छुकहरू उपस्थित भएका छन् ।  उनलाई बाजागाजासहित रास्वपाका कार्यवहाक सभापति डिपी अर्याल लगायतका नेताहरुले स्वागत गरेका हुन् ।