नेभिगेशन
सबै कुरा

पेट्रोलको मूल्य लिटरमा ४ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ३ रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा ४ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मूल्य बढाएको हो । सोमबार बसेको निगम सञ्चालक ससमितिको बैठकले मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नयाँ मूल्य अनुसार पहिलो वर्ग अर्थात चारआली, विराटनगर, जनकपुर, भलवारी, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १६८.५० रुपैयाँ पुगेको छ भने डिजेलको मूल्य १५७.५० पैसा पुगेको छ  ।

Ncell
Extreme Energy

त्यस्तै दोस्रो वर्ग अर्थात सुर्खेत र दाङ्गमा पेट्रोल १७० रुपैयाँ पुगेको छ भने डिजेल १५९ रुपैयाँ पुगेको छ ।

त्यसैगरी तेस्रो वर्ग अर्थात काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७१ रुपैयाँ पुगेको ५ भने डिजेल १६० रुपैयाँ पुगेको छ । 

नयाँ मूल्य सोमबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली

‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली

सीमा नदीमा बाढी मापन गर्ने चीनतर्फ कुनै सेन्सर थियो वा थिएन, त्यो जानकारीमा छैन । उहाँहरूबाट सूचना प्राप्त हुन सकेन । अथवा थियो भने पनि त्यो पनि सुरुमै...
भोटेकोशी बाढीः मृत्यु  हुनेको संख्या ९०३ पुग्याे, चार हजारभन्दा बढी सम्पर्कविहीन

भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या ९०३ पुग्याे, चार हजारभन्दा बढी सम्पर्कविहीन

प्राधिकरणका प्रवक्ता शान्ति महतले प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालसहित २० हजार ८९९ सुरक्षाकर्मी परिचालन भइरहेको जानकारी दिए ।...
आज यी सडक छन् अवरुद्ध

आज यी सडक छन् अवरुद्ध

धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा पनि बाढीको कारण सडकको तल्लो भाग भासिएको कारणले पूर्ण रुपमा अवरुद्ध भएको छ । मुगुबाट गमगढी आउने सडक पनि अविरल वर्षाको कारणले अवरुद्ध...