नेभिगेशन
सबै कुरा

पेट्रोलको मूल्य लिटरमा ४ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ३ रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा ४ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मूल्य बढाएको हो । सोमबार बसेको निगम सञ्चालक ससमितिको बैठकले मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

नयाँ मूल्य अनुसार पहिलो वर्ग अर्थात चारआली, विराटनगर, जनकपुर, भलवारी, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १६८.५० रुपैयाँ पुगेको छ भने डिजेलको मूल्य १५७.५० पैसा पुगेको छ  ।

CG

त्यस्तै दोस्रो वर्ग अर्थात सुर्खेत र दाङ्गमा पेट्रोल १७० रुपैयाँ पुगेको छ भने डिजेल १५९ रुपैयाँ पुगेको छ ।

त्यसैगरी तेस्रो वर्ग अर्थात काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७१ रुपैयाँ पुगेको ५ भने डिजेल १६० रुपैयाँ पुगेको छ । 

नयाँ मूल्य सोमबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुहाङलाई प्रधानमन्त्रीले सोधिन्ः चुनावमा उठ्ने होइन? जवाफ दिएः तयारी गर्दै छु

सुहाङलाई प्रधानमन्त्रीले सोधिन्ः चुनावमा उठ्ने होइन? जवाफ दिएः तयारी गर्दै छु

उनले भनिन्, “हामी चुनाव गराउनै लागिरहेका छौँ । असामान्य अवस्थामा शान्ति स्थापना र चुनाव गराउनकै लागि आएका हौँ । शान्ति स्थापना र कानुनको शासन बहालीमा सफलता मिलेको छ...
प्रधानमन्त्री भेट्दै रवि

प्रधानमन्त्री भेट्दै रवि