नेभिगेशन
सबै कुरा

धनुषा जिल्ला अदालतमा स्वचालित पेसी प्रणाली

धनुषा । धनुषा जिल्ला अदालतले आजदेखि स्वचालित पेसी प्रणाली लागू गरेको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अदालतले जनकपुरधाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा शीघ्र न्याय सम्पादनका कार्य पूरा गर्न स्वचालित पेसी प्रणाली लागू गरिएको न्यायाधीश चुडामान खड्काले बताए । यसअघि, सर्वोच्च तथा उच्च अदालतमा स्वचालित पेसी प्रणाली लागू भइसकेको छ । साथै आजदेखि  पारिवारिक इजलास सञ्चालन भएको उनले बताए ।

Ncell
Extreme Energy

अदालतले पुराना मुद्दा चालु आर्थिक वर्षभित्रमा फछ्र्यौट गरेर अर्को आर्थिक वर्षमा त्यसलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । धनुषा जिल्ला अदालतमा आव २०८०/८१ मा जिम्मेवारी सरेर आएकामध्ये तीन हजार एक सय ८४ र नयाँ दर्ता भएकामध्ये एक हजार नौ सय ९१ मुद्दा फछ्र्यौट भएका छन् । 

जिल्ला अदालतमा सबैभन्दा बढी देवानी मुद्दाअन्तर्गत लेनदेन मुद्दा फछ्र्यौट गर्न बाँकी छ । लेनदेन मुद्दाको सङ्ख्या एक हजार आठ सय २७, अंश मुद्दा एक हजार ९९ र बैङ्किङ कसुरसम्बन्धी एक सय १० मुद्दा परेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली

‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली

सीमा नदीमा बाढी मापन गर्ने चीनतर्फ कुनै सेन्सर थियो वा थिएन, त्यो जानकारीमा छैन । उहाँहरूबाट सूचना प्राप्त हुन सकेन । अथवा थियो भने पनि त्यो पनि सुरुमै...
भोटेकोशी बाढीः मृत्यु  हुनेको संख्या ९०३ पुग्याे, चार हजारभन्दा बढी सम्पर्कविहीन

भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या ९०३ पुग्याे, चार हजारभन्दा बढी सम्पर्कविहीन

प्राधिकरणका प्रवक्ता शान्ति महतले प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालसहित २० हजार ८९९ सुरक्षाकर्मी परिचालन भइरहेको जानकारी दिए ।...
आज यी सडक छन् अवरुद्ध

आज यी सडक छन् अवरुद्ध

धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा पनि बाढीको कारण सडकको तल्लो भाग भासिएको कारणले पूर्ण रुपमा अवरुद्ध भएको छ । मुगुबाट गमगढी आउने सडक पनि अविरल वर्षाको कारणले अवरुद्ध...

भर्खरै