नेभिगेशन
सबै कुरा

सिमलताल घटना : कार्यदलले थाल्यो काम

काठमाडाैँ । गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका घटनाको अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदलले आफ्नो काम थालेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृहमन्त्री रमेश लेखकले पद बहालीका क्रममा उक्त घटना अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा  कार्यदल गठन गरेका थिए । दश दिनको कार्यादेश दिइएको कार्यदलले आज घटनास्थल पुगेर अध्ययन थालेको कार्यदलका सदस्य नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए । उनका अनुसार अहिले घटनास्थलको अध्ययन भइरहेको छ । 

Ncell
Extreme Energy

रिजाल संयोजक रहेको कार्यदलमा प्रहरी वरिष्ठ उपरीक्षक खत्रीसहित सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक शङ्कर खनाल, विपद् प्राधिकरणबाट सन्ध्या सिग्देल, यातायात व्यवसायी सरोज सिटौला र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधिका रूपमा प्रकाश भण्डारी रहेका छन् । आवश्यक घटनास्थल अध्ययन, प्रत्यक्षदर्शी, बाँचेका व्यक्ति, उद्धार टोली, स्थानीय प्रशासनलगायतसँग छलफल गरेर प्रतिवेदन तयार पार्ने कार्यदलले जनाएको छ ।

बसमा सवार ६५ जनामध्ये तीनजना बाँच्न सफल भएका थिए भने अरु सबै बेपत्ता भएका थिए । अहिलेसम्म १७ जनाको शव फेला परेको छ । अन्य यात्रुको अवस्था अज्ञात छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज यी सडक छन् अवरुद्ध

आज यी सडक छन् अवरुद्ध

धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा पनि बाढीको कारण सडकको तल्लो भाग भासिएको कारणले पूर्ण रुपमा अवरुद्ध भएको छ । मुगुबाट गमगढी आउने सडक पनि अविरल वर्षाको कारणले अवरुद्ध...
भोटेकोसीको बाढीपछि रसुवा जाने वैकल्पिक बाटोमा सास्ती

भोटेकोसीको बाढीपछि रसुवा जाने वैकल्पिक बाटोमा सास्ती

विशेषगरी उकालोमा पिकअप लिन नसक्ने सवारीसाधन र राहत सामग्री बोकेका ठूला ट्रकहरू समस्यामा पर्ने गरेका छन्। कुनै एउटा सवारीसाधन बिग्रिएमा वा उकालो चढ्न नसकेमा पछाडि रहेका अन्य सवारीसाधनसमेत...
बाढीबाट प्रभावित जलविद्युत् आयोजना क्षेत्रको उद्धारको अवस्था बुझ्न जाँदै ऊर्जामन्त्री श्रेष्ठ

बाढीबाट प्रभावित जलविद्युत् आयोजना क्षेत्रको उद्धारको अवस्था बुझ्न जाँदै ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजना क्षेत्रको निरीक्षणमा जाँदैछन् ।