नेभिगेशन
सबै कुरा

दुर्घटनामा परी गम्भीर घाइते चन्द्रबिरको उपचारमा सहयोगको अपिल

काठमाडौँ । ट्रयाक्टर दुर्घटनामा परी गम्भीर घाइते भएका रामेछाप नगरपालिका ९ का चन्द्रबिर शाहीका परिवारले चन्द्रबिरको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका छन् । चन्द्रबिर शाहीको उपचारको लागि आर्थिक अभाव भएकाले सहयोगका लागि परिवारले अपिल गरेको हो । 

काठमाडौंको ट्रमा सेन्टरमा उपचाररत चन्द्रबिरको थप उपचारको लागि आर्थिक सहयोग आवश्यक परेको उनका दाजु कुसुम शाहीले बताए । चन्द्रबिरको उपचारमा लाखौं रकम लाग्ने र परिवारको आर्थिक अवस्था कमजोर रहेकाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सक्दो सहयोग गरिदिन दाजु कुसुम शाहीले आग्रह गरे । 

CG

चन्द्रबिर वि। सं २०८० फागुन १ गते ट्रयाक्टर दुर्घटनामा घाइते भएका हुन् । ट्रयाक्टरको दुर्घटना बीमा नगरेको र ट्रयाक्टर साहुको पनि दुर्घटनामा परी मृत्यु भएकाले ट्रयाक्टर साहुबाट राहत माग्ने आधार नरहेको कुसुम शाहीले बताए । 

‘ट्रयाक्टरको बीमा नभएको र साहुको पनि दुर्घटना घटनास्थलमै मृत्यु हुन पुग्यो, परिवारमा  ५ जना छोरी र श्रीमती मात्र रहेकोले ट्याक्टर साहुको तर्फबाट घाइतेलाई थप उपचारमा सहयोग गर्न नसक्ने अवस्था छैन,’ उनले भने । चन्द्रबिरको उपचारको सहयोगका लागि मोबाइल नम्बर ९८६९१३५१२९ मा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

उक्त भेटघाटमा सरकारका तर्फबाट प्रधानमन्त्री सहित गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदिश खरेल सहभागी छन् । त्यस्तै रास्वपाबाट लामिछानेसहित उपसभापतिद्वय डिपी अर्याल र डा.स्वर्णिम वाग्ले, नेताहरु सोविता गौतम,...
सभापतिको कार्यभार सम्हाल्दै रविले सम्झिए डिपीको त्यो प्रस्तावः ‘जेलको कार्यवाहक दिन मिल्दैन ?’

सभापतिको कार्यभार सम्हाल्दै रविले सम्झिए डिपीको त्यो प्रस्तावः ‘जेलको कार्यवाहक दिन मिल्दैन ?’

अर्यालले सो दिन रविलाई भनेका थिए, ‘पार्टीको नेतृत्व कार्यवाहक दिएको जस्तै कारागारको बसाई पनि कार्यवाहकलाई दिन मिल्दैन ? मिल्छ भने तपाईंको भागमा म भित्र बस्न तयार छु। देशलाई...
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

आज मधेश प्रदेशसभा बैठकमा भएको मत विभाजनमा सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार यादवलाई ७२ मत प्राप्त भएसँगै सभामुखमा यादव निर्वाचित भएका हुन । ९६ जना उपस्थित भएको प्रदेश सभा...
रवि लामिछानेको उपस्थितिमा रास्वपाको केन्द्रीय समिति बैठक सुरु

रवि लामिछानेको उपस्थितिमा रास्वपाको केन्द्रीय समिति बैठक सुरु

यस अघि कार्यकर्ता तथा शुभेच्छुकले बाजा गाजा सहित पार्टी कार्यालयमा भव्य स्वागत गरेका लामिछानेलाई कार्यवहाक सभापति डिपी अर्यालले स्वागत सहित जिम्मेवारी हस्तान्तरण गरेका थिए । अहिले केन्द्रीय समिति...