नेभिगेशन
सबै कुरा

चन्द्रागिरी केबलकारमा समस्या, २ घण्टा बाक्सामै फसेका ७५ यात्रुकाे मुस्किलले उद्धार

काठमाडाैँ । चन्द्रागिरी केबलकारमा प्राविधिक समस्या आएको छ। बुधबार दिउँसो अकस्मात् रुपमा केबलकार बन्द हुँदा ७५ जना यात्रु बाक्सामै २ घण्टा थुनिएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

थानकोट प्रहरी वृत्तका अनुसार केबलकारमा फसेका यात्रुले फोन गरेर उद्धार माग गरेपछि प्रहरी घटनास्थल पुगेका थिए । 

Ncell
Extreme Energy

केबलकार उद्धारमा खटिएका प्रहरी अधिकारीकाअनुसार दिउँसो १ बजेर २० मिनेटबाट बन्द भएको केबलकार ३ बजेर २० मिनेटपछि मात्रै सञ्चालनमा आएको थियो । 

'यात्रुबाटै फाेनबाट जानकारी भएपछि हामी घटनास्थलम खटिएका थियाैँ । चढ्ने स्टेशन नजिक फसेकालाई भर्याङ राखेर उद्धार गरियाे,' ति प्रहरी अधिकारीले भने, 'बाँकी यात्रुहरु केबलकार चलेपछि नै उद्धार भएका हुन् ।' 

प्रहरीकाअनुसार केबलकारको १० वटा डब्बामा ति यात्रु फसेका थिए । उद्धार गरिएका यात्रुहरूको स्वास्थ्य अवस्था राम्रो रहेको प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज यी सडक छन् अवरुद्ध

आज यी सडक छन् अवरुद्ध

धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा पनि बाढीको कारण सडकको तल्लो भाग भासिएको कारणले पूर्ण रुपमा अवरुद्ध भएको छ । मुगुबाट गमगढी आउने सडक पनि अविरल वर्षाको कारणले अवरुद्ध...
भोटेकोसीको बाढीपछि रसुवा जाने वैकल्पिक बाटोमा सास्ती

भोटेकोसीको बाढीपछि रसुवा जाने वैकल्पिक बाटोमा सास्ती

विशेषगरी उकालोमा पिकअप लिन नसक्ने सवारीसाधन र राहत सामग्री बोकेका ठूला ट्रकहरू समस्यामा पर्ने गरेका छन्। कुनै एउटा सवारीसाधन बिग्रिएमा वा उकालो चढ्न नसकेमा पछाडि रहेका अन्य सवारीसाधनसमेत...
बाढीबाट प्रभावित जलविद्युत् आयोजना क्षेत्रको उद्धारको अवस्था बुझ्न जाँदै ऊर्जामन्त्री श्रेष्ठ

बाढीबाट प्रभावित जलविद्युत् आयोजना क्षेत्रको उद्धारको अवस्था बुझ्न जाँदै ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजना क्षेत्रको निरीक्षणमा जाँदैछन् ।