नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले सङ्घीय संसद्, प्रतिनिधिसभाबाट उक्त दिन विश्वासको मत लिने तय भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालको संविधानको धारा ७६ (२) अनुसार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता ओली चौँथो पटक प्रधानमन्त्री भएका हुन्। 

Ncell
Extreme Energy

संविधानको धारा ७६ (४) बमोजिम उनले विश्वासको मत लिन लागेका हुन् । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज यी सडक छन् अवरुद्ध

आज यी सडक छन् अवरुद्ध

धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा पनि बाढीको कारण सडकको तल्लो भाग भासिएको कारणले पूर्ण रुपमा अवरुद्ध भएको छ । मुगुबाट गमगढी आउने सडक पनि अविरल वर्षाको कारणले अवरुद्ध...
भोटेकोसीको बाढीपछि रसुवा जाने वैकल्पिक बाटोमा सास्ती

भोटेकोसीको बाढीपछि रसुवा जाने वैकल्पिक बाटोमा सास्ती

विशेषगरी उकालोमा पिकअप लिन नसक्ने सवारीसाधन र राहत सामग्री बोकेका ठूला ट्रकहरू समस्यामा पर्ने गरेका छन्। कुनै एउटा सवारीसाधन बिग्रिएमा वा उकालो चढ्न नसकेमा पछाडि रहेका अन्य सवारीसाधनसमेत...
बाढीबाट प्रभावित जलविद्युत् आयोजना क्षेत्रको उद्धारको अवस्था बुझ्न जाँदै ऊर्जामन्त्री श्रेष्ठ

बाढीबाट प्रभावित जलविद्युत् आयोजना क्षेत्रको उद्धारको अवस्था बुझ्न जाँदै ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजना क्षेत्रको निरीक्षणमा जाँदैछन् ।