नेभिगेशन
सबै कुरा

विदेशमा अनधिकृत बैंक खाता खोलेर कारोबार गरेको आरोपमा सुनील पाैडेलविरुद्ध मुद्दा दायर

काठमाडाैँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध अर्को मुद्दा दायर गरेको छ ।​ पौडेलविरुद्ध राजस्व अनुसन्धान विभागले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेका हो । 

पौडेलले नेपाल राष्ट्र बैंकको स्वीकृतिबिना विदेशमा बैंक खाता खोलेर कारोबार गरेको आरोपमा विभागले उनीविरुद्ध मुद्दा दायर गरेको हो । उनीविरुद्ध ७७ लाख ४५ हजार ९ सय बिगो कायम गरी मुद्दा दायर भएको छ । पौडेलले विदेशी विनिमय (नियमित गर्ने) ऐनको व्यवस्था विपरीतको कसूर गरेको विभागको ठहर छ । 

CG

त्यस्तै विभागले सो रकमको तेब्बर रुपैँया जरीवाना मागदाबी गरेको छ । 

पौडेल यसअघि नै भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका थिए । नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका पौडेललाई विशेष अदालतले भ्रष्टाचार प्रकरणमा दोषी ठहर गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

उक्त भेटघाटमा सरकारका तर्फबाट प्रधानमन्त्री सहित गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदिश खरेल सहभागी छन् । त्यस्तै रास्वपाबाट लामिछानेसहित उपसभापतिद्वय डिपी अर्याल र डा.स्वर्णिम वाग्ले, नेताहरु सोविता गौतम,...
सभापतिको कार्यभार सम्हाल्दै रविले सम्झिए डिपीको त्यो प्रस्तावः ‘जेलको कार्यवाहक दिन मिल्दैन ?’

सभापतिको कार्यभार सम्हाल्दै रविले सम्झिए डिपीको त्यो प्रस्तावः ‘जेलको कार्यवाहक दिन मिल्दैन ?’

अर्यालले सो दिन रविलाई भनेका थिए, ‘पार्टीको नेतृत्व कार्यवाहक दिएको जस्तै कारागारको बसाई पनि कार्यवाहकलाई दिन मिल्दैन ? मिल्छ भने तपाईंको भागमा म भित्र बस्न तयार छु। देशलाई...
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

आज मधेश प्रदेशसभा बैठकमा भएको मत विभाजनमा सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार यादवलाई ७२ मत प्राप्त भएसँगै सभामुखमा यादव निर्वाचित भएका हुन । ९६ जना उपस्थित भएको प्रदेश सभा...
रवि लामिछानेको उपस्थितिमा रास्वपाको केन्द्रीय समिति बैठक सुरु

रवि लामिछानेको उपस्थितिमा रास्वपाको केन्द्रीय समिति बैठक सुरु

यस अघि कार्यकर्ता तथा शुभेच्छुकले बाजा गाजा सहित पार्टी कार्यालयमा भव्य स्वागत गरेका लामिछानेलाई कार्यवहाक सभापति डिपी अर्यालले स्वागत सहित जिम्मेवारी हस्तान्तरण गरेका थिए । अहिले केन्द्रीय समिति...