नेभिगेशन
सबै कुरा

धादिङकी समिक्षाले दिलाईन् दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाललाई स्वर्ण

काठमाडौँ । भुटानको थिम्पूमा जारी आठौँ दक्षिण एसियाली कराते प्रतियोगितामा धादिङकी समिक्षा ढुंगानाले स्वर्ण पदक जितेकी छिन् । उनी ५३ केजी समूहमा पहिलो स्थानमा रहन सफल भएकी हुन् । उनले स्वर्ण पदकका भारतलाई पराजित गरेकी थिइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो सँगै नेपाललाई आठ स्वर्ण प्राप्त भएको छ । प्रतियोगिताको पहिलो दिन नेपाललाई स्वर्ण दिलाउन सफल खेलाडीहरु सिनियर महिला एकल कातातर्फ एलिसा रास्कोटी मगर, पुरुष एकल कातामा स्वर्णिम मानन्धर र महिला–२१ वर्षतर्फ सन्जु देशार र पुरुष क्याडेटतर्फ रेहान जावेद रहे । 

Ncell
Extreme Energy

एलिसाले सेमिफाइनलमा भुटान र फाइनलमा भारतलाई पराजित गरिन् भने स्वर्णिमले सेमिफाइनलमा श्रीलङ्का र फाइनलमा भारतलाई पराजित गरेका थिए । 

सन्जुले फाइनलमा भुटानलाई पराजित गरिन् भने रेहानले भारतलाई पराजित गरी नेपाललाई स्वर्ण पदक दिलाए । त्यसैगरी जुनियर पुरुष कातातर्फ भने नेपालका अमृत थोकर भारतसँग पराजित हुन पुगे र जुनियरतर्फ महिला एकल कातामा फाइनलमा श्रीलङ्कासँग पराजित भई नेपालकी रेनिशा रिमालले रजत पदकमा चित्त बुझाइन । 

त्यसैगरी सिनियर महिला र पुरुष टिम काता, जुनियर महिला तथा पुरुष टिम कातामा स्वर्ण पदक हात पारेको नेपाल कराते महासङ्घका मिडिया संयोजक गजेन्द्रबहादुर खपाङ्गीले जानकारी गराए ।  

यसअघि प्रतियोगिताको औपचारिक उद्घाटन भुटानका राजकुमार टासु जिगेलले एक विशेष समारोहका बीच गरेका थिए । 

भुटानसहित नेपाल, भारत र श्रीलङ्का सहभागी रहेको उक्त प्रतियोगिताको उद्घाटन समारोहमा नेपालका तर्फबाट नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ, उपाध्यक्ष मजिन्द्र सिंह, महासङ्घका सदस्यहरु, वरिष्ठ प्रशिक्षकहरु, टिम प्रशिक्षकहरु, पदाधिकारीलगायत करिब एक दर्जन अफिसियलको सहभागी रहेको प्रवक्ता गजेन्द्रबहादुर खपाङगीले जानकारी दिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीबाट प्रभावित जलविद्युत् आयोजना क्षेत्रको उद्धारको अवस्था बुझ्न जाँदै ऊर्जामन्त्री श्रेष्ठ

बाढीबाट प्रभावित जलविद्युत् आयोजना क्षेत्रको उद्धारको अवस्था बुझ्न जाँदै ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजना क्षेत्रको निरीक्षणमा जाँदैछन् ।
आज यी स्थानमा हुँदैछ भारी वर्षा, रसुवा र नुवाकोट आसपासमा पानी पर्ने

आज यी स्थानमा हुँदैछ भारी वर्षा, रसुवा र नुवाकोट आसपासमा पानी पर्ने

हाल देशभर साधारण बादल लागेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देवघाटको जंगलमा आइतबार १०३ जनाको शव व्यवस्थापन

देवघाटको जंगलमा आइतबार १०३ जनाको शव व्यवस्थापन

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीमा बगेर चितवनसम्म आइपुगेका पहिचान खुल्न नसकेका १०३ जनाको शवलाई आज चितवन प्रशासनले देवघाटस्थित चितवनतर्फको जंगल क्षेत्रमा माटोमुनि व्यवस्थापन गरेको छ।