नेभिगेशन
सबै कुरा

मन्त्रिपरिषद् समितिमा पाँच सदस्य तोकिए

काठमाडौँ । सरकारले मन्त्रिपरिषद्का पाँच समिति गठन गरी तिनका संयोजक तोकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा भएको मन्त्रिपरिषद्को बैठकले राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक तोकेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले राजनीतिक समितिको संयोजकमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई तोकेको छ ।

Marvel
Extreme Energy

प्रशासन समितिको संयोजकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङ, सामाजिक समितिको संयोजकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र विधेयक समितिको संयोजकको जिम्मेवारी गृहमन्त्री रमेश लेखकलाई दिइएको छ ।

बैठकले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव विष्णु रिमाल र आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री डा युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

नयाँदिल्लीमा आयोजना हुने युनेस्को विश्व सम्पदा समितिको ४६औँ बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयलाई साउन ६ देखि ११ सम्म सहभागी हुन बैठकले अनुमति दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
झिलिमिली बत्तीले सिँगारिएका काठमाडौँका मन्दिर

झिलिमिली बत्तीले सिँगारिएका काठमाडौँका मन्दिर

रंगीचंगी बत्तीले उज्यालिएका मन्दिर, सडक र बजारले राजधानीको रात्रिकालीन सौन्दर्य आकर्षक बनाएको छ ।
पार्टीको आधिकारिकतासम्बन्धी निर्णयमा आर्थिक चलखेलको आरोपबारे निष्पक्ष छानबिन हुनुपर्छः शेरबहादुर देउवा

पार्टीको आधिकारिकतासम्बन्धी निर्णयमा आर्थिक चलखेलको आरोपबारे निष्पक्ष छानबिन हुनुपर्छः शेरबहादुर देउवा

‘पार्टीको आधिकारिकतासम्बन्धी निर्णयमा दबाब र आर्थिक चलखेल भएको भन्ने आरोप सार्वजनिक भएका छन्। यस्ता गम्भीर विषयमा निष्पक्ष छानबिन र सत्यतथ्य सार्वजनिक हुनुपर्छ,’ देउवाले भने, ‘पार्टी पैसाको प्रभावमा होइन,...
मध्यावधि हारपछि ट्रम्पद्वारा स्टिफन मिलर चिफ अफ स्टाफ नियुक्त

मध्यावधि हारपछि ट्रम्पद्वारा स्टिफन मिलर चिफ अफ स्टाफ नियुक्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कडा आप्रवासन नीतिका प्रमुख योजनाकार स्टिफन मिलरलाई ह्वाइट हाउसको नयाँ चिफ अफ स्टाफ नियुक्त गरेका छन् ।
सरकारको कामकारबाही हिन्दी जासुसी फिल्म जस्तो विचित्रको छः प्रचण्ड

सरकारको कामकारबाही हिन्दी जासुसी फिल्म जस्तो विचित्रको छः प्रचण्ड

उनले भने, ‘सरकारको कामकारबाही हिन्दी जासुसी फिल्म तपाईंहरुले हेर्नुभएको होला !  विचित्रको हुँदै नहुने कामहरु भएको देखाउँछन् नी ! त्यस्तै छ सरकारको काम गराइ । कतिबेला कुन पत्रकार...

भर्खरै