नेभिगेशन
सबै कुरा

निर्माण व्यवसायीहरुको भुक्तानी छिट्टै हुने अर्थमन्त्री पौडेलकाे प्रतिबद्धता

काठमाडाैँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीहरुको भुक्तानी छिटै हुने बताएका छन् । 

शुक्रबार सिंहदरबारमा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीको छलफलका क्रममा अर्थमन्त्री पौडेलले बिभिन्न सरकारी निकायबाट भुक्तानी गर्नुपर्ने रकम यकिन भइरहेको भन्दै निर्माण व्यवसायीहरुको भुक्तानी छिटै हुने बताएका हुन् । 

काम सम्पन्न भइसकेका आयोजनाको भुक्तानी नरोक्न विभिन्न मन्त्रालयलाई निर्देशन दिइसकेको भन्दै उनले निर्माण व्यवसायीहरुको समस्याको समधान गर्न गम्भीर भएको बताए । 

उनले अहिलेको सरकार समस्याको आगो तापेर नबस्ने भन्दै एक–एक समस्याको समाधान गर्ने धारणा राखे । पौडेलले पूर्वाधार निर्माणको गुणस्तर कायम गर्दै तोकिएको समय र लागतभित्र काम सम्पन्न गर्न आग्रह गरे ।

सो क्रममा निर्माण व्यवसायीले प्रदेश र स्थानीय तहसमेत अरर्वौ रकम भुक्तानी बाँकी रहेको र यसका कारण समस्या भएकाले समाधान गर्न अर्थमन्त्रीसँग आग्रह गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...