नेभिगेशन
सबै कुरा

निर्माण व्यवसायीहरुको भुक्तानी छिट्टै हुने अर्थमन्त्री पौडेलकाे प्रतिबद्धता

काठमाडाैँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीहरुको भुक्तानी छिटै हुने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार सिंहदरबारमा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीको छलफलका क्रममा अर्थमन्त्री पौडेलले बिभिन्न सरकारी निकायबाट भुक्तानी गर्नुपर्ने रकम यकिन भइरहेको भन्दै निर्माण व्यवसायीहरुको भुक्तानी छिटै हुने बताएका हुन् । 

Ncell
Extreme Energy

काम सम्पन्न भइसकेका आयोजनाको भुक्तानी नरोक्न विभिन्न मन्त्रालयलाई निर्देशन दिइसकेको भन्दै उनले निर्माण व्यवसायीहरुको समस्याको समधान गर्न गम्भीर भएको बताए । 

उनले अहिलेको सरकार समस्याको आगो तापेर नबस्ने भन्दै एक–एक समस्याको समाधान गर्ने धारणा राखे । पौडेलले पूर्वाधार निर्माणको गुणस्तर कायम गर्दै तोकिएको समय र लागतभित्र काम सम्पन्न गर्न आग्रह गरे ।

सो क्रममा निर्माण व्यवसायीले प्रदेश र स्थानीय तहसमेत अरर्वौ रकम भुक्तानी बाँकी रहेको र यसका कारण समस्या भएकाले समाधान गर्न अर्थमन्त्रीसँग आग्रह गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।