नेभिगेशन
समाज

केपी ओलीको पालादेखिको फाइल खोल्दै प्रतिभा रावल, प्रारम्भमै देखियो अनियमितता

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले मन्त्रालयअन्तर्गत विगतमा भएका अनियमितताको अध्ययन थालेकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री रावलले नापी तथा मालपोतबाट ०७७/०७८ यता भएका सफ्टवेयर खरिदको अध्ययन थालेकी हुन् । 

Ncell
Extreme Energy

अहिले सफ्टवेयर खरिद गर्नका लागि विगतमा कस्तो अभ्यास रहेछ भनेर हेर्दा अनियमितता देखिएको  मन्त्री रावलको सचिवालयले जनाएको छ । 

'नापी तथा मालपोत प्रणालीलाई पारदर्शी बनाउन अहिले नयाँ सिस्टम गर्ने तयारी भइरहँदा पुराना खरिद कसरी भएको रहेछ भनेर अध्ययन गर्दा प्रारम्भिक रुपमा नै अनियमितताको शंका देखियो,' सचिवालयका एक सदस्यले भने । 

प्रारम्भमै अनियमितता देखिएपछि अहिलेसम्मका सबै खरिदहरुको छानबिन गर्न अध्ययन गर्ने निर्णयमा मन्त्री रावल पुगेकी हुन् । यसका लागि मन्त्री रावलले विशेष छानबिन समिति बनाउँदै छिन् । 

समितिले नापी  र मालपोत विभागबाट भएका सफ्टवेयर खरिदको सबै फाइल अध्ययन गर्नेछ । 

प्रारम्भिक अध्ययनमै अनियमितताको शंका देखिएपछि थप अध्ययन जरुरी भएको सचिवालयको भनाइ छ । 

समितिले ७७/०७८ देखि नै नापी र मालपोत विभागबाट भएका खरिदहरुको अध्ययन गर्नेछ । यतिबेला केपी ओलीको नेतृत्वमा सत्ता थियो ।

त्यसपछि शेरबहादुर देउवा र प्रचण्ड क्रमश प्रधानमन्त्री बनेका थिए । यी सबैको पालाको खरिद प्रक्रियाको अध्ययन हुने भूमि मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इरानी आक्रमणको खतरा बढेपछि बेलायतस्थित सैन्य अखडाबाट अमेरिकी बमवर्षक विमान फिर्ता

इरानी आक्रमणको खतरा बढेपछि बेलायतस्थित सैन्य अखडाबाट अमेरिकी बमवर्षक विमान फिर्ता

बेलायतको ग्लॉस्टरशायरस्थित आरएएफ फेयरफोर्ड सैन्य अखडा नजिकै आतंकवादी आक्रमणको सम्भावित प्रयास र सुरक्षा जोखिम बढेपछि अमेरिकाले त्यहाँ तैनाथ आफ्ना सबै 'बी-१' बमवर्षक (बोम्बर) विमानहरू फिर्ता लगेको छ ।
कांग्रेस महाधिवेशन: पुनर्जागरणको एक अवसर

कांग्रेस महाधिवेशन: पुनर्जागरणको एक अवसर

नेल्सन मण्डेला 'सत्यनिष्ठा, नैतिकता, निरन्तरता, निस्वार्थता, लोकतान्त्रिक चरित्र र सामञ्जस्यता' जस्ता सात गुण नेतृत्वमा हुनुपर्ने दृष्टिकोण राख्दछन्। आजका दिनमा हामीले एउटै नेतामा विरलै यति गुण भेट्न सक्छौँ। तर...
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँकहाँ?

यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँकहाँ?

नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।
परराष्ट्रमन्त्री खनाल 'प्रि–कोप लिडर्स इभेन्ट' मा सहभागी हुन फिजीमा

परराष्ट्रमन्त्री खनाल 'प्रि–कोप लिडर्स इभेन्ट' मा सहभागी हुन फिजीमा

परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीकाे नादि अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन् । फिजी र टुभालुमा अक्टोबर ५ र ६ मा आयोजना हुने...

भर्खरै