नेभिगेशन
नेताका कुरा

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

काठमाडौँ । रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सचेतक धितालले हरेक नयाँ घटनापछि अघिल्लो पीडा बिस्तारै ओझेलमा परेको बताइन् । उनले भनिन्– ‘देशमा एउटा दुःख आउँछ, केही दिन हामी चासो दिन्छौ । अर्को घटना आएपछि अघिल्लो पीडा विस्तारै ओझेलमा पर्छ।’

Ncell
Extreme Energy

उनले जेनजी आन्दोलन, मधेशको साम्प्रदायिक दंगा, गणेशको आत्मदाह, गरिमाको बलात्कारपछि हत्या, रसुवाको बाढीको प्रसंग उठाउँदै यी घटनाको भीडमा सुकुम्बासीका पीडा र बाढीमा हराएका बालबालिकाको खोजीसमेत कतै हराउन सक्ने आशंका व्यक्त गरिन्।

राज्यले नागरिकको पीडामा विभेद गर्न नमिल्ने बताउँदै उनले भनिन्– ‘हामी किन यति धेरै संवेदनशील हुनबाट भागिरहेका छौँ? बजारमा नयाँ ट्रेन्ड आएसँगै न्यायका विषय पनि प्रतिस्थापित हुन्छन्। तर राज्य सबै नागरिकको बराबर हो, नागरिकको पीडाबीच राज्यले भेद गर्न मिल्दैन।’

सचेतक धितालले पीडितको जीवन सामान्य नहुन्जेल राज्य उनीहरुको साथमा उभिनुपर्ने बताइन् । उनले भनिन्– ‘अरूको दुःखमा टेको लगाउने होइन, टेको बन्न सिकौँ। केही दिनको आँसुमा सीमित नहोऔं, पीडितको जीवन सामान्य नहुन्जेल राज्य साथमा उभिनुपर्छ। परिणामसहित उभियोस् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
गृहमन्त्री सुधन गुरुङद्वारा राष्ट्रियसभामा प्रस्तुत हुन नसकेका विभिन्न मन्त्रालयका प्रश्नका उत्तर टेबल

गृहमन्त्री सुधन गुरुङद्वारा राष्ट्रियसभामा प्रस्तुत हुन नसकेका विभिन्न मन्त्रालयका प्रश्नका उत्तर टेबल

प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३, निर्वाचन आयोग नेपालको आर्थिक वर्ष २०८१/८२ को वार्षिक...
परराष्ट्रमन्त्री खनाललाई १३औँदेखि २०औँ शताब्दीसम्मका आठ सयभन्दा बढी ऐतिहासिक दस्तावेज हस्तान्तरण

परराष्ट्रमन्त्री खनाललाई १३औँदेखि २०औँ शताब्दीसम्मका आठ सयभन्दा बढी ऐतिहासिक दस्तावेज हस्तान्तरण

राष्ट्रिय अभिलेखालयमा आज आयोजित कार्यक्रममा उक्त आठ सयभन्दा बढी दस्तावेज हाइडेलबर्ग विश्वविद्यालयअन्तर्गत हाइडेलबर्ग एकेडेमी अफ साइन्सेस एन्ड ह्युमानिटिजका प्राध्यापक एक्सेल माइकल्स तथा डा मनिक बज्राचार्य र राजन खतिवडाले...
कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने

कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने

महाधिवेशनको तयारीका विषयमा जानकारी दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित विशेष पत्रकार सम्मेलनमार्फत कांग्रेसले महाधिवेशनको प्रचारप्रसारमा तामझाम नगरिने बताएको हो ।
ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३  जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३  जनाले पाए रकम

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।

भर्खरै