नेभिगेशन
नेताका कुरा

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

काठमाडौँ । रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सचेतक धितालले हरेक नयाँ घटनापछि अघिल्लो पीडा बिस्तारै ओझेलमा परेको बताइन् । उनले भनिन्– ‘देशमा एउटा दुःख आउँछ, केही दिन हामी चासो दिन्छौ । अर्को घटना आएपछि अघिल्लो पीडा विस्तारै ओझेलमा पर्छ।’

Ncell
Extreme Energy

उनले जेनजी आन्दोलन, मधेशको साम्प्रदायिक दंगा, गणेशको आत्मदाह, गरिमाको बलात्कारपछि हत्या, रसुवाको बाढीको प्रसंग उठाउँदै यी घटनाको भीडमा सुकुम्बासीका पीडा र बाढीमा हराएका बालबालिकाको खोजीसमेत कतै हराउन सक्ने आशंका व्यक्त गरिन्।

राज्यले नागरिकको पीडामा विभेद गर्न नमिल्ने बताउँदै उनले भनिन्– ‘हामी किन यति धेरै संवेदनशील हुनबाट भागिरहेका छौँ? बजारमा नयाँ ट्रेन्ड आएसँगै न्यायका विषय पनि प्रतिस्थापित हुन्छन्। तर राज्य सबै नागरिकको बराबर हो, नागरिकको पीडाबीच राज्यले भेद गर्न मिल्दैन।’

सचेतक धितालले पीडितको जीवन सामान्य नहुन्जेल राज्य उनीहरुको साथमा उभिनुपर्ने बताइन् । उनले भनिन्– ‘अरूको दुःखमा टेको लगाउने होइन, टेको बन्न सिकौँ। केही दिनको आँसुमा सीमित नहोऔं, पीडितको जीवन सामान्य नहुन्जेल राज्य साथमा उभिनुपर्छ। परिणामसहित उभियोस् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा समस्या देखिए उपचारका लागि काठमाडौँ वा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो।
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ।
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।
अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।