नेभिगेशन
सबै कुरा

प्रचण्ड, माधव नेपाल र रवि लामिछानेबिच भेटवार्ता : एमाले र कांग्रेसले संविधान मिचेर सरकार बनाएको निष्कर्ष

काठमाडाैँ । नेकपा माओवादी केन्द्रसहित प्रतिपक्षी तीन दलले वर्तमान सरकार संविधानको कमजोर जगमा टेकेर बनेको निष्कर्ष निकालेको छ । 

सिंहदरबारमा शुक्रबार बसेको माओवादीसहित रास्वपा र नेकपा एकीकृत समाजवादीका नेताहरुको बैठकले ठूला दुइ दल कांग्रेस र एमालेको सरकार संविधान कमजाेर जगमा टेकेर बनेको निष्कर्ष निकालेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए । 

प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि सरकार संविधानको ७६ (३) अनुसार नयाँ सरकार गठन हुनुपर्नेमा संविधानको ७६ (२) अनुसार गठन भएकाले यो बिषयलाई सदनमा सशक्त रुपमा उठाउने सहमति भएको उनले बताए । सत्तापक्ष निरङ्कुश बन्न सक्ने खतरा, सुशासनलगायतको सुधारको कामबाट पछि हट्ने गठबन्धन बनेको भन्दै उनले जनतामा देखिएको आशंकालाई प्रतिपक्षबाट सशक्त खबरदारी गर्ने बताए । 

त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले प्रधानमन्त्रीले विश्वासको मतका बिषयमा प्रतिपक्षी दल साझा धारणा बनाएर अघि बढने बताए । उनले भइरहेको सरकारलाई ढालेर नयाँ सरकार बनाउने प्रधानमन्त्रीलाई सदनमा विश्वासको मत माग्ने आधार नभएको जिकिर गरे ।

तीन दलले अहिलेको अवस्थामा कुनै पनि हालतमा प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने निष्कर्ष पनि निकालेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...