नेभिगेशन
सबै कुरा

सहकारी छानबिन समितिले गर्यो प्रदेश र स्थानीय तहका नियामक निकायसँग छलफल

काठमाडाैँ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रका सम्बन्धमा प्रदेश र स्थानीय तहका नियामक निकायसंग छलफल गरेको छ । 

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सहकारी सञ्चालनको अवस्थाका बारेमा सम्बन्धमा प्रदेश र स्थानीय तहका नियामक निकायका पदाधिहरुसंग छलफल गरेको हो । सो क्रममा समितिको कार्यादेशको अनुसुची २ मा रहेका सुर्यदर्शन, सानोपाइला लगाएतका सहकारीका सम्बन्धमा छलफल भएको समिति संयोजक सूर्य थापाले जानकारी दिए । उनले स्थानीय तहमा रहेका २४ हजार सहकारी मध्ये १ हजार ९ सय २३ वटा सहकारी काठमाडौंमा रहेको पाइएको बताए । त्यस्तै गोर्खा मिडियामा सुर्यदर्शन सहकारीबाट ४ करोड ८८ लाख र २० लाख ऋण प्रवाह भएको र जिवि ग्रुप अफ कम्पनीमा ५० लाख गएको देखिएको संयोजक थापाले जानकारी दिए । 

त्यस्तै उनले सुप्रिम सहकारीमा समस्या आएपछि, प्रदेशको नियामक निकायले पनि अध्ययन गरेको देखिएको बताए । देशभरमध्ये बागमती प्रदेशमा २ सय ८४ भन्दा बढि सहकारीविरुद्ध उजुरी परेको जानकारी प्राप्त भएको संयोजक थापाले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...