नेभिगेशन
सबै कुरा

न्यूरोडका आक्रोसित स्थानीयले जलाए बालेनको पुत्ला

काठमाडौँ । न्यूरोडका स्थानीयले काठमाडौँ महामनगरका मेयर बालेन साहको पुत्ला जलाएका छन् । उनीहरुले शुक्रबार साँझ न्यूरोडमा पुत्ला जलाएका हुन् । 

काठमाडौँ महानगरले न्यूरोडमा फुटपाथ विस्तारको कार्य पुन सुरु गरेपछि यहाँका स्थानीय आक्रोसित भएका छन् । उनीहरुले शुक्रबार बिहानैदेखि फुटपाथ विस्तार कार्यमा रोक लगाएका थिए । वडा नम्बर २२ का वडा अध्यक्ष चिनिकाजी महर्जनको नेतृत्वमा आन्दोलन गरेका स्थानीयले महानगरका मेयरले आफूहरुसँग समन्वय नगरेको आरोप लगाएका छन् । 

दिउँसो वडा अध्यक्ष महर्जन आफैँ डोजरमापथ चढेर निर्माण कार्य रोकेका थिए । दिउँसो नगर प्रहरी र स्थानीयबीच धकेला धकेल समेत भएको थियो । उनीहरुले सञ्चारकर्मीलाई समेत दुव्र्यवहार गर्दै कुट्ने, क्यामेरामा प्रहार गर्ने तथा खिचिएको फुटेज डिलिट समेत गरिदिएका थिए । 

दिनभर न्यूरोडमा यो सबै भईरहँदा संघीय सरकारले नजरअन्दाज गरेको महानगरले जनाएको छ । संघीय सरकारले सुरक्षामा समेत ख्याल नगरेको मेयर सचिवालयले जनएको छ । आवश्यकताभन्दा निकै कम प्रहरी पठाएर सरकारले असहयोग गरेको सचिवालयका एक सदस्यले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...