नेभिगेशन
सबै कुरा

सोनार र म्याग्नेटिक डीभाईसले खोजी गर्दा पनि बस नभेटिएपछि फर्कियो भारतीय टोली

काठमाडाैँ । नारायणगढ मुगलिङ सडक खण्डको सिमलतालमा पहिरोले हराई रहेको बस खोज्न आएका भारतीय टोली फर्किएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बस र यात्रुको खोजिको लागि साउन ४ गते भारतका राष्ट्रिय आपदा मोचन बल एनडीआरएफ चितवन आएका थिए । सशस्त्र प्रहरी बलका बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारका सुरक्षाकर्मी र भारतबाट आएका टोलीले सयुक्त रुपमा घटनास्थल सिमलताल देखि केराबारी देवघाट शिवघाटसम्म खोजी गरेका थिए । भारतीय टोली ल्याएको सोनार र म्याग्नेट डीभाईसले खोजी गर्दा पनि बस फेला पार्न नसकेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उनले खोजीको क्रममा २ वटा पोईन्टमा भारतीय टोलीले शंका गरेको र अव सो स्थानहरुमा नेपालका सुरक्षाकर्मीहरुले खोजी कार्यलाई निरन्तरता दिने बताए ।

Ncell
Extreme Energy

उनले हाल सम्म २४ शब फेला परेकोमा १९ वटा शबको मात्र सनाखत भएको ५ वटा शवको सनाखत हुन नसकेको जानकारी दिए । अझै ४३ जना यात्रु हराइरहेको उनले बताए । काठमाडौँबाट गौर र वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बस सिमलतालमा पहिरोले बगाउदा त्रिशुली नदीमा हराएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भक्तपुरमा हर्षोल्लासका साथ मनाइयो गाईजात्रा (तस्बिरकथा)

भक्तपुरमा हर्षोल्लासका साथ मनाइयो गाईजात्रा (तस्बिरकथा)

नेवार समुदायको ऐतिहासिक तथा सांस्कृतिक पर्व गाईजात्रा (सापारु) भक्तपुरमा हर्षोल्लास र परम्परागत मौलिक शैलीमा मनाइएको छ।
भारतबाट आइसक्यो, चीनबाट पनि आउँदैछ उद्धार टोली

भारतबाट आइसक्यो, चीनबाट पनि आउँदैछ उद्धार टोली

परराष्ट्रमन्त्री शिशिर खनालले आज पत्रकार सम्मेलन गरी भारतबाट आएको ११ सदस्यीय प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालित भइसकेको र चीनबाट पनि उद्धार टोली छिट्टै आइपुग्ने बताएका हुन् ।
लेदोमा डुब्यो विद्यालय, कक्षामै छन् विद्यार्थीका झोला

लेदोमा डुब्यो विद्यालय, कक्षामै छन् विद्यार्थीका झोला

कहिल्यै चक र डस्टरको आवाज गुञ्जायमान हुने कक्षाकोठा अहिले बाक्लो लेदोले पुरिएको छ। भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले धादिङको गल्छी गाउँपालिका–६, बैरेनी बजारस्थित बागेश्वरी माध्यमिक विद्यालयको आँगनदेखि कक्षाकोठासम्मै...
जंगलको बीचमा खाल्डो खनेर पुरिँदै बेवारिसे शव

जंगलको बीचमा खाल्डो खनेर पुरिँदै बेवारिसे शव

भोटेकोशीमा आएको बाढीपछि चितवनस्थित नारायणी नदीमा फेला परेका बेवारिसे शव जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ ।