नेभिगेशन
खेलका कुरा

प्रेम बहादुर लिम्बुले जिते विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगितामा रजत पदक

बाठमाडाैँ । दक्षिण एसियाली खेलकुद सागका कास्य पदक विजेता प्रेम बहादुर लिम्बुले विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगितामा रजत पदक जित्न सफल भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दक्षिण कोरियाको मुङयीयोङमा भएको प्रतियोगितामा लिम्बुले व्यक्तिगत पुम्से विधामा रजत पदक जित्न सफल भएका हुन । तेक्वान्दो प्रशिक्षक जगन अधिकारीका अनुसार उनले पहिलो खेलमा युएसएका माइकललाई ८.७ अंकले पछि पार्दै हराएका उनले, दोस्रो खेलमा कोरियाका ट्याइलरलाई ७.६८३ अंकले हराएका थिए । कोरियालाई हराउँदै क्वार्टर फाइनल प्रवेश गरेका उनले क्वार्टर फाइनलमा एलेक्सिसलाई ७.१४९ अंकले हराँउदै सेमिफाइनल प्रवेश गरेका हुन् । 

Ncell
Extreme Energy

त्यस्तै उनले सेमिफाइनलमा जोवनलाई ७.७६ अंकले हराउदै फाइनल सम्म पुगेका थिए। फाइनलमा मेक्सिकोका खेलाडी योन सियोकसँग ८.०९ को झिनो अङ्कले पछि परेका उनी रजक पदमै चित्त बुझाउनुपरेको थियो । 

५५ राष्ट्रका ४ हजार ५ सय खेलाडिहरुको सहभागिता रहेको प्रतियोगिता २६ जुलाई देखी ३० जुलाईसम्म चल्नेछ। यसअघि उनले दक्षिण कोरियाको सङनाममा सम्पन्न खुला अन्तर्राष्ट्रिय सङनाम तेक्वान्दो प्रतियोगिता २०२४ मा पनि रजत पदक जित्न सफल भएका थिए।  

नेपालका लागी कोरियन प्रशिक्षक योङदल क्वानको प्रत्यक्ष निगरानीमा खेलिरहेका प्रेमले विभिन्न अन्तर्राष्ट्रिय खेलहरुमा सहभागिता जनाएर विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय १ दर्जन भन्दा धेरै पदकहरु जितेका छन् । त्यस्तै उनले रेफ्रि तथा प्रशिक्षकको तालिमहरु समेत लिएका छन्।

२०७३ सालदेखि नेपाल पुलिस क्लबमा आबध्द भएर तेक्वान्दो खेल्दै आएका उनले ८ औँ र ९औँ राष्ट्रिय खेलमा स्वर्ण पदक, १९औँ एसियन गेममा ५ औँ, एसियाली तेक्वान्दो हनमाडाङ च्याम्पियनसिप इन्डोनेसियामा कास्य पदक, माफिया अन्तर्राष्ट्रिय च्याम्पियनसिप थाइल्याण्डमा स्वर्ण पदक, शिनसुङ विश्वविद्यालय दक्षिण कोरियामा स्वर्ण पदक र ११ औँ सेङनाम अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप रजत पदक जितिसकेका छन् । 

२०२६ मा हुन लागेको २० औँ एसियन खेलका लागि लिम्बू बन्द प्रशिक्षणमा रहेर तयारी गरिरहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप खेलका कुरा
क्रिकेटः  आज नेपाल र स्कटल्याण्ड भिड्दै

क्रिकेटः आज नेपाल र स्कटल्याण्ड भिड्दै

तेस्रो खेल नेपाल र अमेरिकाबीच भएको थियो । गत शनिबार सम्पन्न उक्त खेलमा नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपाल स्कटल्याण्डलाई पराजित गर्दै विश्वकपको...
लिग २ः स्कटल्याण्डविरुद्ध नेपाल टस हारेर फिल्डिङमा

लिग २ः स्कटल्याण्डविरुद्ध नेपाल टस हारेर फिल्डिङमा

नेपालका लागि कुशल भुर्तेल, भीम सार्की, इशान पान्डे र सोमपाल कामी बाहिर छन् । आसिफ र विनोद ओपनिङमा छन् भने अर्जुन कुमाल वान डाउन र कप्तान रोहित पौडेल...
गुल्सनले ५ विकेट लिएपछि हार्यो ओमान

गुल्सनले ५ विकेट लिएपछि हार्यो ओमान

आजको जितसँगै नेपालले यस सिरिजमा चारमध्ये ३ खेल जित्दै ६ अंक जोडेको छ । हालसम्मका २४ खेलबाट १८ अंक जोडेको नेपाल लिग टु को सातौं स्थानमा छ ।...
विश्वकप लिग२ः युएईमाथि नेपालको जित

विश्वकप लिग२ः युएईमाथि नेपालको जित

नेपालले सुरुआती ओभरमा केही दबाब झेले पनि मध्यक्रममा ऐरी र भण्डारीबीचको साझेदारीले इनिङ्स सम्हालेको थियो ।