नेभिगेशन
खेलका कुरा

प्रेम बहादुर लिम्बुले जिते विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगितामा रजत पदक

बाठमाडाैँ । दक्षिण एसियाली खेलकुद सागका कास्य पदक विजेता प्रेम बहादुर लिम्बुले विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगितामा रजत पदक जित्न सफल भएका छन्।

दक्षिण कोरियाको मुङयीयोङमा भएको प्रतियोगितामा लिम्बुले व्यक्तिगत पुम्से विधामा रजत पदक जित्न सफल भएका हुन । तेक्वान्दो प्रशिक्षक जगन अधिकारीका अनुसार उनले पहिलो खेलमा युएसएका माइकललाई ८.७ अंकले पछि पार्दै हराएका उनले, दोस्रो खेलमा कोरियाका ट्याइलरलाई ७.६८३ अंकले हराएका थिए । कोरियालाई हराउँदै क्वार्टर फाइनल प्रवेश गरेका उनले क्वार्टर फाइनलमा एलेक्सिसलाई ७.१४९ अंकले हराँउदै सेमिफाइनल प्रवेश गरेका हुन् । 

Dish home
City Express

त्यस्तै उनले सेमिफाइनलमा जोवनलाई ७.७६ अंकले हराउदै फाइनल सम्म पुगेका थिए। फाइनलमा मेक्सिकोका खेलाडी योन सियोकसँग ८.०९ को झिनो अङ्कले पछि परेका उनी रजक पदमै चित्त बुझाउनुपरेको थियो । 

५५ राष्ट्रका ४ हजार ५ सय खेलाडिहरुको सहभागिता रहेको प्रतियोगिता २६ जुलाई देखी ३० जुलाईसम्म चल्नेछ। यसअघि उनले दक्षिण कोरियाको सङनाममा सम्पन्न खुला अन्तर्राष्ट्रिय सङनाम तेक्वान्दो प्रतियोगिता २०२४ मा पनि रजत पदक जित्न सफल भएका थिए।  

नेपालका लागी कोरियन प्रशिक्षक योङदल क्वानको प्रत्यक्ष निगरानीमा खेलिरहेका प्रेमले विभिन्न अन्तर्राष्ट्रिय खेलहरुमा सहभागिता जनाएर विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय १ दर्जन भन्दा धेरै पदकहरु जितेका छन् । त्यस्तै उनले रेफ्रि तथा प्रशिक्षकको तालिमहरु समेत लिएका छन्।

२०७३ सालदेखि नेपाल पुलिस क्लबमा आबध्द भएर तेक्वान्दो खेल्दै आएका उनले ८ औँ र ९औँ राष्ट्रिय खेलमा स्वर्ण पदक, १९औँ एसियन गेममा ५ औँ, एसियाली तेक्वान्दो हनमाडाङ च्याम्पियनसिप इन्डोनेसियामा कास्य पदक, माफिया अन्तर्राष्ट्रिय च्याम्पियनसिप थाइल्याण्डमा स्वर्ण पदक, शिनसुङ विश्वविद्यालय दक्षिण कोरियामा स्वर्ण पदक र ११ औँ सेङनाम अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप रजत पदक जितिसकेका छन् । 

२०२६ मा हुन लागेको २० औँ एसियन खेलका लागि लिम्बू बन्द प्रशिक्षणमा रहेर तयारी गरिरहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप खेलका कुरा
नेपाल तेस्रो पटक टी–२० विश्वकपमा छनोट

नेपाल तेस्रो पटक टी–२० विश्वकपमा छनोट

जारी प्रतियोगिताको ‘सुपर सिक्स’मा आज युएईले सोमाओलाई ७७ रनले पराजित गरेसँगै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको हो । यससँगै नेपालले लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकपमा पुग्न...
विश्वकप क्रिकेट छनोटः नेपालद्वारा युएई १ रनले पराजित

विश्वकप क्रिकेट छनोटः नेपालद्वारा युएई १ रनले पराजित

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीतर्फ–१ मा आज भएको खेलमा नेपालले युएईलाई एक रनले पराजित गर्दै विजयी भएको हो । नेपालले जितका लागि दिएको १४१ रनको लक्ष्य पछ्याएको...
मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

आज मलेसियाले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको नेपालले १७ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै  पूरा ग¥यो । नेपालको लागि कप्तान इन्दु बर्माले ३९ बलमा ४८...
टी–२० विश्वकपका निम्ति खेलाडी छनोट, सन्दीप पनि समेटिए

टी–२० विश्वकपका निम्ति खेलाडी छनोट, सन्दीप पनि समेटिए

टोलीमा सन्दीप लामिछानेलाई पनि समावेश गरिएको छ । यसअघि उनले वेस्ट इन्डिजसँगको सिरिजको पहिलो खेल सुरु हुनु करिब ४५ मिनेट अगाडि मैदानमा उत्रन अस्वीकार गरेका थिए ।  क्यानले...