नेभिगेशन
सबै कुरा

प्रतिपक्षी दलले गरेको निरन्तरको संसद अवरोध हटाउने विषयमा राष्ट्रिय दलहरुको बैठक जारी

गत आइतबार बैठक बसेर निष्कर्षविहिन टुंगिएकोे राष्ट्रिय दलका शीर्ष नेताहरु बैठक पुनः सिंहदरबारमा सुरु भएको  छ  ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलको बैठक सुरु भएको हो । बैठकमा राष्ट्रिय दलका शीर्ष नेताहरु सहभागी छन् ।

City Express

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देखि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ समेत सहभागी भएका छन् ।

आइतबार बसेको बैठकमा नेकपा एमालेका तर्फबाट उपाध्यक्ष सुवास नेम्वाङ सहभागी थिए भने सोमबारको बैठकमा भने अध्यक्ष ओली नै सहभागी भएका छन् ।

बैठकमा सुन तस्करी प्रकरणलाई लिएर १९ साउनदेखि नेकपा एमालेले गरिरहेको संसद अवरोध खुलाउने विषयमा छलफल हुनेछ ।

संसदमा प्रमुख प्रतिपक्षको रुपमा रहेको नेकपा एमालेले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि नै छानबिन गर्नुपर्ने साथै उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै संसद अवरोध गरिरहेको छ ।

तर सरकारले भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो नै छानबिन गर्न सक्षम रहेको भन्दै उच्चस्तरीय समिति गठनलाई अस्वीकार गर्दै आएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन २ साउनमा सिनामंगलबाट बरामद भएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि...
अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन ।
निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

छ वर्ष बितिसक्दा पनि चौकीडाँडा–फल्टुडे सडक निर्माण व्यवसायीले सम्पन्न नगरेपछि जनप्रतिनिधिहरु आन्दोलमा उत्रिएका हुन् । ठेकेदार कम्पनीको विरोध स्वरुप वडा नम्बर ३, १०, ११ र १२ का जनप्रतिनिधिहरुले...