नेभिगेशन
सबै कुरा

कटारी अस्पताललाई ५० बेडमा स्तरोन्नति गरी ‘प्रादेशिक अस्पताल’ को मान्यता दिने निर्णय

उदयपुर । उदयपुरको कटारीमा सञ्चालित नगर अस्पताललाई ५० बेडमा स्तरोन्नति गर्दै ‘प्रादेशिक अस्पताल’ को मान्यता दिने निर्णय भएको छ। संघिय सरकार मन्त्रीस्तरको निर्णयअनुसार नगर अस्पताललाई प्रादेशिकको मान्यता दिँदै ५० बेडमा स्तरोन्नति गर्ने निर्णय गरेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कटारी अस्पताललाई ५० शय्यामा स्तरोन्नती गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न केही दिन अगाडि बसेको मन्त्रीपरिषद् बैठकले स्वीकृत प्रदान गर्ने निर्णय गरेको हो । 

Ncell
Extreme Energy

अस्पताल सञ्चालनको लागि आर्थिक दायित्व र कर्मचारी व्यवस्थापन भने प्रदेश सरकारले व्यहेर्नुपर्ने उल्लेख छ । गत असार २७  गते मन्त्रीस्तरीय निर्णयअनुसार अस्पतालको स्तरोन्नति गर्ने निर्णयलाई  मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएसँगै  प्रादेशिक अस्पताल स्तर उन्नति भएको हो। ५० बेडसँगै प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्न कोशी प्रदेश सरकारले गत वैशाख ४  गते मन्त्रीस्तरीय निर्णय गरेको थियो। प्रदेश सरकारले निर्णय  गरे सँगै  स्वास्थ मन्त्रालयले २०८१ असार २७ गते अस्पताल ५० शैयाको प्रदेश स्तरिय अस्पतालमा स्तर उन्नति गर्न स्विकृती प्रदान गरेको थियो।  मन्त्रालयले स्विकृती प्रदान गरे सँगै असार  २७ गते मन्त्रिपरिषद्को  निर्णयले अब कटारी अस्पताल ५० शैयाको प्रदेश स्तरिय अस्पतालमा स्तर उन्नति हुने भएको प्रदेश सांसद तथा निवर्तमान कृषि, उद्योग तथा सहकारीमन्त्री रामकुमार खत्रीले बताए।

प्रादेशिक अस्पताल  स्तर उन्नति  गर्न पूर्व मन्त्री खत्री सांसद भए देखि नै लागिरहेका थिए।  सांसद जितेदेखि नै कटारी अस्पतालको विकास र स्तरोन्नति गर्ने विषयमा निरन्तर लाग्दै आएका सांसद खत्रीले संघिय सरकार बाट निर्णय भए सँगै  प्रादेशिक अस्पतालमा स्तर उन्नति भएको बताउनु भएको छ ।  चुनावी  अभियानकै क्रममा सो अस्पताललाई ५० बेडमा स्तरोन्नति गर्ने आश्वासन दिएको स्मरण गर्दै  चुनावी अभियानकै वाचाअनुसार जनतालाई सहज स्वास्थ्य सेवा दिने अठोटका साथ लागिपरेर अस्पताललाई स्तरोन्नति गर्न सफल भएको खत्रीले बताए ।

कटारी क्षेत्रका जनताको सहज स्वास्थ्य पहुँच विस्तार गर्न कटारी अस्पताललाई प्रादेशिक अस्पतालमा लानुपर्ने आवश्यकता रहेकाले यो निर्णय गरिएको खत्रीको भनाइ छ। सेवा विस्तार गरी आम नागरिकले स्वास्थ्य सेवा घरनजिकको अस्पतालमा पाउन सके केही हदसम्म राम्रो हुन्थ्यो भन्ने लागेर कटारी अस्पताललाई प्रादेशिक बनाउन निवर्तमान मुख्यमन्त्री केदार कार्कीसमक्ष विशेष आग्रह गर्द यो सफल भएको  खत्रीले बताए।

अस्पतालका मेसु  डाक्टर गौरव शाहले कटारीबासीका लागि मात्र सेवा लिने अस्पताल नभई छिमेकी जिल्लाहरु सिन्धुली, सोलुखुम्बुु, ओखलढुंगा र खोटाङका आधा भूभाग र सिराहासम्मका स्थानीयले सेवा लिने स्वास्थ्य संस्था भएकाले स्तरोन्नति अनिवार्य रहेको बताए। 

मदन भण्डारी लोकमार्गले कटारी बजारलाई जोडेसँगै यो अस्पतालको स्तरान्नति गरी सेवा विस्तार गर्नुपर्ने आवश्यकता रहेकाले कटारी अस्पताललाई प्रादेशिक अस्पतालमा लाने निर्णय गरेको हो।

कटारी नगर अस्पताललाई प्रादेशिक हैसियत दिँदै ५० बेडमा स्तरोन्नति गर्न गरेको निर्णयले नगरबासी खुसी भएको कटारी नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

अहिले सरकारी निकायका अधिकारी भन्दैछन्– त्यो दिन हामीले भोटेकोशीमा चालीस–पचास मिटर अग्लो बाढी आउँदैछ, रसुवागढीबाट घर, बजार तहसनसह पार्दैै वेगसित बाढी तल आउँदैछ भन्न सकेको भए ठूलो मानवीय...
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय परराष्ट्रमन्त्री डा. एस जयशंकर बीच भेटवार्ता

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय परराष्ट्रमन्त्री डा. एस जयशंकर बीच भेटवार्ता

भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्ले र भारतीय विदेश मन्त्री जयशंकर बीच नयाँदिल्लीमा भेटवार्ता भएको हो । भेटमा न्यानो, बलियो भरपर्दो सम्बन्धको आडमा द्विपक्षीय सहकार्य, उन्नयन र समुन्नतिको...
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ।
आगामी २४ घण्टामा यी स्थानमा भारी वर्षाको सम्भावना

आगामी २४ घण्टामा यी स्थानमा भारी वर्षाको सम्भावना

आगामी २४ घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भर्खरै