नेभिगेशन
सबै कुरा

आफूहरुले संविधान संशोधनको कुरा गर्दा प्रतिगमनको मुद्दा बोकेर हिँडेका पार्टीले स्टन्डबाजी गर्न खोजे : केपी ओली

काठमाडाैँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका बिषयमा फैलाइएको भ्रममा नपर्न आग्रह गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार एमाले पार्टी कार्यालय च्यासलमा मनोनित भएका पदाधिकारीका साथै अन्य केन्द्रीय सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउदै ओलीले देश र जनताको हितका लागि आवश्यकता अनुसार संविधान संशोधन गर्न सकिने भन्दै अहिले संशोधनका बिषयमा भ्रम फैलाउन खोजिएकाले भ्रममा नपर्न आग्रह गरेका हुन् । 

Ncell
Extreme Energy

अहिलेको समिकरणले संविधान संशोधनको कुरा गर्दा प्रतिगमनको मुद्दा बोकेर हिडेका पार्टीले स्टन्डबाजी गर्न खोजेको उहाले बताए । ओलीले एमाले सहि विचार बोकेर देश केन्द्रीत, परिवर्तन केन्द्रीत कार्यक्रमका साथ अघि बढ्ने उल्लेख गरे । उनले लोकतन्त्रमा नाममा पार्टीभित्र गुटबन्दी भए पार्टी समाप्त हुने जिकिर गरे । एमालेभित्र कुनैपनि प्रकारको गुटबन्दी स्वीकार्य नहुने उनको भनाइ छ । 

यसअघि बसेको एमाले सचिवालय बैठकले एकजनालाई उपाध्यक्ष, दुईजनालाई स्थायी कमिटी सदस्य तथा १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...