नेभिगेशन
सबै कुरा

‘बाटो छेकेर दुव्र्यवहार गरे, भिडियो खिचेर पोस्ट्याए’-सांसद सोबिता गौतम

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले आफूमाथि नियाेजित रुपमा दुर्व्यवहार भएको बताएकी छिन् । आइतबार बाढीपहिरोले पुर्याएको क्षतिको अवलोकनका क्रममा कागेश्वरीको मनोहरास्थित मनकामना टोल पुगेर फर्किने क्रममा आफूलाई केही युवाको समूहले घेरेर आक्रमणको प्रयास गरेको उनले बताइन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले आफूहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध केही युवाहरूले नियोजित ढङ्गले आक्रमणको प्रयास गरेको, अपशब्द र दुर्व्यवहार गरेकाे र त्यसकाे भिडियो बनाएर चरित्र हत्या गरेकाे गाैतमले सिधाकुरालाइ बताएकी छिन् ।

Ncell
Extreme Energy

उनले आफूमाथि भएको आक्रमणबारे संसद्मा समेत जानकारी गराएकी छिन्। आफूमाथि भएको दुर्व्यवहारबारे सांसद गाैतमले सिधाकुरासँग गरेकाे  कुराकानीकाे सम्पादित अंश यस्तो छ ः

केही दिनदेखिको वर्षाका कारण धनजनको क्षति भएको भन्दै मलाई निर्वाचन क्षेत्रका जनताहरुबाट फोनमा गुनासाे आइरहेका थिए।  आफ्नो निर्वाचन क्षेत्रमा बाढी र वर्षाले पु¥याएको क्षति अवलोकन गर्न म मेरो सहयोगी लिएर आइतबार निर्वाचन क्षेत्रमा फोन आएका ठाउँहरुमा अवलोकनका लागि निश्किएको थिएँ । 


फोन आएको विभिन्न क्षेत्रका जनताहरूसँग भेट गरेर त्यस क्षेत्रको अवलोकन गरेर म साँझ ५ बजे मूलपानी क्रिकेट रङ्गशालाको पछाडिपट्टिको एक बस्तीमा पुगेको थिएँ । त्यो पहिरोमा पुग्न चौतारो पार गरेर गाउँ पस्नुपर्ने थियो । म जाँदा चौतारोमा १ / २  जना  युवकहरु चिया पिइरहेका थिए । करिब आधा घण्टा पहिरोको अवलोकन र स्थानीयसँग कुराकानी गरेर सोही चौतारो हुँदै म र मेरो सहयोगी फर्किँदै थियौँ । अघिल्लो पटक १/२ जना भएर चिया पिइरहेका युवाहरूको समूहमा करिब २० जना युवाको हुल जम्मा भएको रहेछ। 


जाँदा चौतारासम्म नै स्थानीयहरू हामीलाई लिन आउनुभएको थियो तर फर्किँदा भने म र मेरो स्वकीय सचिव मात्र थियौँ । उनीहरूले एक्कासि तथानाम गाली गर्दै हामीलाई घेर्न थाले । बूढा मान्छेले बोलाएको ठाउँमा मात्र जाने, हामीले बोलाएको ठाउँमा नआउने ? युवा नेता भएर बुढाहरुको कुरा सुन्ने भन्दै ठुलो ठुलो आवाजमा गाली गर्न थाले ।

त्यसपछि तपाईँहरूको पनि केही भन्नुपर्ने छ भने राख्नुस् भनेँ । तर, उनीहरूले आफूहरूको समस्या राख्नुको सट्टा व्यक्तिगत तवरमै उत्रिएर गाली गर्न थाले । उनीहरु अधिकांश लागू पदार्थ र मादक पदार्थमा लट्ठ थिए । हामीलाई घेर्दै आएका एक युवकले त्यस समयमा समेत केही लागू पदार्थ सुँघ्दै गाली गलौज गरिरहेका थिए ।

अरु त अरु एक युवक एकदमै नजिक आएर औँला उठाएर हामीलाई आक्रमण गर्ने शैलीमा उत्रिए । पछि बुझ्दा ती युवक राष्ट्रिय प्रजातन्त्र पार्टीसम्बद्ध युवा सङ्गठनका नेता रहेछन् । उनीहरूले तैँले के गरिस्, तेरो पार्टीले के गर्यो, यता उता सबै भन्दै गाली गर्न थाले । 

उनीहरु सबैले एकै स्वरमा हामीलाई गाली गर्दै थिए । त्यतिञ्जेल मैले म तपाईँहरूको पनि आवाज सुन्छु तर नम्र शैलीमा राख्नुहोस् भनिरहेँ तर उनीहरूको शैली झनझन् अराजक बन्दै गयो । उनीहरु आक्रामक देखिएपछि म चिया पसलको आँगनमा गएँ । जुन भिडियो अहिले भाइरल भइरहेको छ, त्यो त्यहि आँगनको भिडियो हो । 

त्यहाँ पनि मैले उनीहरुलाई नम्र भएर आफ्नो कुराहरु राख्नुस् भनिरहेँ तर उनीहरूको स्वभाव परिवर्तन भएन । उनीहरु हामीले तपाईँलाई ढुंगाले हान्यौँ भने पनि तपाईँ नम्र हुनुपर्छ भनिरहेका थिए । नशामा लठ्ठिएका उनीहरूको भनाई सुन्नेबाहेक आफ्नो कुरा राख्ने कुनै माहोल थिएन त्यहाँ । 

त्यसपछि सो स्थानमा असुरक्षित महसुस गरेर हामी त्यहाँबाट निस्किएर आफ्नो बाटो लाग्यौँ । हिजै साँझ मेरो स्वकीय सचिवले बौद्ध प्रहरीलाई घटनाबारे जानकारी गराउनुभएको छ । हामी त्यहाँ हुँदै गर्दा त्यही युवाको समूहले हाम्रो भिडियो खिचेका रहेछन्, त्यसमध्येको अन्तिमको क्लिप मात्रै हामीलाई दुर्व्यवहार गर्ने एक युवकले सामाजिक सञ्जालमा हालेका रहेछन् । हामीले अवलोकन सकेर घर आएपछि राति मात्र थाहा पायौँ । 

उक्त भिडियो अपलोड गर्ने व्यक्तिले नै हामीमाथि नियोजित आक्रमणको प्रयास गरेका थिए जसको प्रोफाइल खोलेर हेर्दा उनी राप्रपा निकट युवा संगठनमा आबद्ध भएको देखियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नापी विभागले बाढी प्रभावित क्षेत्रको विपद् नक्सांकन गर्ने

नापी विभागले बाढी प्रभावित क्षेत्रको विपद् नक्सांकन गर्ने

नापी विभागले बाढी प्रभावित क्षेत्रको निजी तथा सार्वजनिक जग्गाको क्षतिको विवरण संकलन र विपद् नक्साङ्कन गर्ने भएको छ ।
सर्वदलीय संसदीय समिति बनाउने रविको प्रस्तावमा गगनको सहमति

सर्वदलीय संसदीय समिति बनाउने रविको प्रस्तावमा गगनको सहमति

कांग्रेस सभापति गगनकुमार थापाले रसुवा बाढीपछिको विपदमा एकै ठाउँमा उभिन सर्वदलीय संसदीय समिति बनाउन सहमति जनाएका छन् ।
रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै

रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।
प्रधानमन्त्रीले भने– तपाईंहरु एक्लो हुनुहुन्न, सम्पूर्ण जिम्मेवारी सरकारले लिन्छ

प्रधानमन्त्रीले भने– तपाईंहरु एक्लो हुनुहुन्न, सम्पूर्ण जिम्मेवारी सरकारले लिन्छ

प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित नागरिकहरुको सम्पूर्ण जिम्मेवारी सरकारले लिने बताएका छन् ।