नेभिगेशन
सबै कुरा

सार्वजनिक बसमा सवार रविलाई यात्रुको प्रश्न, ‘यो स्टण्ट किन् ?’

काठमाडाैँ । आइतबार दिउँसो १ बजेका लागि संसद्को बैठक आह्वान गरिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले सबै सांसद र केन्द्रिय सदस्य ५ दिन अनिवार्य सार्वजनिक सवारी साधनको प्रयोग गर्ने अभियान चलाएका कारण सभापति रवि लामिछानेको गाडी पार्टी कार्यालय वनस्थलीमा थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

अब उनलाई सार्वजनिक बस समातेर संसद् भवन नयाँ बानेश्वर पुग्नुपर्ने भयो । लामिछाने र उनका निजी सुरक्षा अधिकृत बिहान साँढे ९ बजे घरमा खाना खाएर महाराजगञ्ज बुढानीलकण्ठ सडकमा झरे । सडकमा केहीबेर बस कुर्नु पर्यो । फुटपाथमा निजी सुरक्षा अधिकृत (पीएसओ) सँगै उभिएका उनीलाई देखेर पैदलै हिँडेका र मोटरसाइकलमा आएका सर्वसाधारणहरूले बाटोमै रोकेर फोटो खिचे, कुराकानी गरे । 

केही बेरमा बुढानीलकण्ठ यातायातको बस आयो । सो बसमा रवि लामिछाने उक्लिए । बसमा सिट खाली थिएन, लामिछाने झ्यालकै छेउमा उभिए । उनीसँगै उभिने यात्रुहरू टन्नै थिए ।त्यसपछि सुरु भयो यात्रु र लामिछाने बीचको भलाकुसारी । 

बसमा उभिएका उनलाई एक महिलाले बस चढेर स्टन्ट देखाएको भनिन् । प्रश्न गर्ने महिला जाजरकोटकी पूर्व शिक्षिका थिइन् । उनले रवि लामिछानेलाई 'निजी गाडी थन्क्याएर सार्वजनिक बस चढेर के गर्न खोजेको ?' भनिन् । नेताहरूबाट आजित भएका जनताहरू प्रचारबाजीले मात्रै खुसी नहुने भन्दै उनले बस चढ्ने अभियानको जवाफ मागिन् । 


जवाफमा रास्वपा सभापति लामिछानेले आफूहरू जनतासँग प्रत्यक्ष साक्षात्कार गर्न र सार्वजनिक यातायातमा भएको दुःख संसद्‌मा उठाएर कानुन बनाउने अभियानमा लागेको जवाफ दिए । सार्वजनिक यातायातको क्षेत्रमा जनताको समस्या समाधान गर्न आफ्नो निर्वाचन क्षेत्रमा 'ब्लू बस' चलाएको प्रसङ्ग लामिछानेले ति पूर्व शिक्षिकालाई सुनाए । 

बसमा रहेकी अर्की एक यात्रु महिलाले हाँस्दै लामिछानेलाई प्रश्न गरिन, 'ल बताउनुस्, हामी चढ्ने बस किन चढ्नु भयो ?' जवाफमा लामिछानेले  भने, ‘भोट माग्न चुनावमा मात्रै होइन सबै जनताको साथ छौँ भन्न बस चढेको । भुइँ मान्छे हौँ, हामी भुइँ नछोडुँ भन्न चढेको । बसमा भएकाहरू गलल हाँसे ।’

महाराजगञ्जबाट चाबहिल हुँदै तीनकुनेतर्फ अघि बढिरहेको बसका चालक र सहचालकलाई यात्रुहरूले प्रश्न गरे, 'रवि लामिछानेले यो बस चढ्लान् भन्ने लागेको थियो ?,' चालकले भने 'सोचेकै थिइनँ ।’, सहचालकले थपे, ‘ह्या मत अचम्मै भइदिरा...’ 

बसमा एकपछि अर्का यात्रुले लामिछानेसँग संवाद गरे । कतिपय यात्रुहरूले बसमा महिला र बच्चाहरूलाई कार्यालय समयमा कठिन हुने गरेको गुनासो सुनाए । कतिपयले लामिछानेसँग फोटो र भिडियो खिचे । 


बस तीनकुने पुग्यो । रविले ओर्लिएर सहचालकलाई भाडा सोधे । उनले लिन अनकनाए । तर, रविले आफ्नो  पीएसओ सहितको भाडा तिरे ।  

त्यसपछि बानेश्वर संसद् भवन पुग्न उनलाई अर्को बस चढ्नु पर्ने भयो । त्यसका लागि उनीहरु जहाँ ओर्लिए, त्यहाँबाट बानेश्वरका लागि गाडी चढ्न उनीहरु पैदल हिँडेर पारीपट्टी गए । केही बेरको प्रतिक्षापछि उनीहरुले कोटेश्वरतर्फबाट आएको बस समाते । बसमा उनी चढ्ने बित्तक्कै फेरि सुरु भयो उनी माथि प्रश्नको वर्षा । 

रवि लामिछानेसँगै उभिएका एक पुरुष यात्रुले रवि लामिछाने सरकारमा जाँदाको दुई कार्याकालको समिक्षा गरे । आफुहरुले भोट हालेको पार्टीको नेता रवि भएको भन्दै ति यात्रुले रविलाई सरकारमा गएर गम्भिर गल्ति गरेको बताए ।  


उनले पहिलो पटक छोटो समय मन्त्री भएको भन्दै दोस्रो कार्याकाल फलदायी नभएको बताए । ‘जनताको कुन ठाउँमा तपाईंहरुलाई हुनुपर्थ्यो भनेको थियो, कहाँ हुनुभयो, तपाईंले बुझ्नु पर्छ,’ ति यात्रुले लामिछानेलाई सुझाव दिए । त्यो बसमा पनि एक महिला यात्रुले लामिछानेलाई जनताको मुद्दा नछोड्न सुझाव दिइन । रास्वपासँग जनताले धरै आशा गरेको भन्दै उनले संयमित भएर जनताको पक्षमा राजनीति गर्न सुझाव दिइन् । 

लामिछानेसँग बसमा भेटिएका विद्यार्थी,कर्मचारी तथा सर्वसाधरणले फोटो खिचे, कुराकानी गरे । त्यससपछि बानेश्वर चोकमा झरेर उनी संसद् भवन गए ।

संसद् सकिएपछि पुनः लामिछाने बानेश्वर चोक आए र बस चढेर रत्नपार्क ओर्लिए । रत्नपार्कबाट उनी बिजुलीबाट चल्ने माइक्रो बस चढेर हात्तिगौडास्थित घर फर्किए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रहरू परिचालन गर्न सरकारलाई रास्वपाको ध्यानाकर्षण

विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रहरू परिचालन गर्न सरकारलाई रास्वपाको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टीले रसुवा बाढीबाट प्रभावित क्षेत्रमा  विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रहरू परिचालन गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।
रसुवा बाढी: उद्धार, राहत तथा स्वयंसेवी कार्यमा खटिन नेता कार्यकर्तालाई सभापति लामिछानेको अपिल

रसुवा बाढी: उद्धार, राहत तथा स्वयंसेवी कार्यमा खटिन नेता कार्यकर्तालाई सभापति लामिछानेको अपिल

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवा भीषण बाढीबाट प्रभावितको उद्धार, राहत तथा स्वयंसेवी कार्यमा जुट्न नेता कार्यकर्ता र शुभेच्छुकलाई अपिल गरेका छन् ।
ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधिसभामा नेपाल-भारत विद्युत व्यापार सम्झौता पेस गर्ने, ११ बुँदे सम्झौतामा के छ ?

ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधिसभामा नेपाल-भारत विद्युत व्यापार सम्झौता पेस गर्ने, ११ बुँदे सम्झौतामा के छ ?

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले संसदमा नेपाल भारत विद्युत व्यापार सम्झौता पेस गर्ने भएका छन् ।
३ मन्त्री र सभामुख पाएपछि बागमतीमा नेकपा विवाद सुल्झियो

३ मन्त्री र सभामुख पाएपछि बागमतीमा नेकपा विवाद सुल्झियो

शक्ति बाँडफाँटलाई लिएर बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढेको विवाद सुल्झिएको नेताहरूले बताएका छन् ।

भर्खरै