नेभिगेशन
सबै कुरा

म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्न : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै किसिमका भ्रष्टाचार रोकथाम, नियन्त्रण र अन्त्य गर्ने प्रतिबद्धतामा सरकार दृढ रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधनको उद्देश्य र कारणबारे प्रस्ट्याउँदै उनले भ्रष्टाचार निर्मूल गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको दोहोर्याए । प्रधानमन्त्री ओलीले भने, “भ्रष्टाचारप्रतिको शून्य सहनशीलता  सरकारको नीति हो, ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य छ । म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्न ।”

Ncell
Extreme Energy

भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्न ऐन संशोधन आवश्यक भएको जनाउँदै प्रधानमन्त्रीले  मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनु आफ्नो लक्ष्य भएको बताए। देश र जनतालाई केन्द्रमा राखेर सरकार क्रियाशील रहेको बताउँदै प्रधानमन्त्री ओलीले सामाजिक न्यायको सुनिश्चितता र शान्तिसुरक्षा कायम गर्नु सरकारको पहिलो जिम्मेवारी भएको बताए । उनले भने, “यो सरकार प्रतिशोधका लागि बनेको होइन, आर्थिक विकास यसको लक्ष्य हो । कसैलाई दुःख दिने मनसाय छैन । भ्रष्टाचार गर्नेको अनुहार हेरिँदैन ।”  प्रधानमन्त्री ओलीले कानुनको दृष्टिमा सबै बराबर हुन भन्ने मान्यता स्थापित गर्न सरकार लागिपरेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधिसभामा नेपाल-भारत विद्युत व्यापार सम्झौता पेस गर्ने, ११ बुँदे सम्झौतामा के छ ?

ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधिसभामा नेपाल-भारत विद्युत व्यापार सम्झौता पेस गर्ने, ११ बुँदे सम्झौतामा के छ ?

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले संसदमा नेपाल भारत विद्युत व्यापार सम्झौता पेस गर्ने भएका छन् ।
३ मन्त्री र सभामुख पाएपछि बागमतीमा नेकपा विवाद सुल्झियो

३ मन्त्री र सभामुख पाएपछि बागमतीमा नेकपा विवाद सुल्झियो

शक्ति बाँडफाँटलाई लिएर बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढेको विवाद सुल्झिएको नेताहरूले बताएका छन् ।
सभामुखले अचानक किन स्थगित गरे प्रतिनिधि सभा बैठक  ?

सभामुखले अचानक किन स्थगित गरे प्रतिनिधि सभा बैठक  ?

प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ ।
संसदमा इन्दिरा रानामगर र हर्क सम्पाङ विवाद, सभामुखले लिए एक्सन

संसदमा इन्दिरा रानामगर र हर्क सम्पाङ विवाद, सभामुखले लिए एक्सन

पूर्वउपभामुख एवं रास्वपा सांसद इन्दिरा राना मगर र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबीच विवाद चर्किएको छ ।

भर्खरै