नेभिगेशन
सबै कुरा

करातेमा नेपाललाई स्वर्ण जिताउने धादिङका २ खेलाडीलाई निलकण्ठ नगरपालिकाको सम्मान

धादिङ । करातेमा नेपाललाई स्वर्ण पदक दिलाउन सफल धादिङकी समीक्षा ढुङ्गाना र एरिका गुरुङलाई नगदसहित सम्मान गरिएको छ । नीलकण्ठ नगरपालिकाले उनीहरुलाई नगद रु ५०÷५० हजारसहित सम्मान गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत २० जुलाईमा भुटानमा सम्पन्न आठौँ दक्षिण एसियाली (साफ) कराते प्रतियोगितामा समीक्षाले नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । नेपालको प्रतिनिधित्व गर्दै समीक्षाले ५३ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । यस्तै, २८ मार्चदेखि अप्रिल १ सम्म अमेरिकाको टेक्सासमा भएको युएस ओपन च्याम्पियनसीप कराते प्रतियोगितामा एरिकाले स्वर्ण पदक दिलाएकी थिइन् । उनले ६८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । 

Ncell
Extreme Energy

सम्मान ग्रहण गर्दै ढुङ्गानाले नीलकण्ठ नगरपालिकाको सम्मानले खेल क्षेत्रमा अघि बढ्न थप हौसला मिलेको बताइन् । “परिवार, साथीसङ्गी र गुरूहरूलगायत सबैको साथ सहयोगले मिलेको सफलताको खुसी बाड्न पाउँदा हर्षित छु । सम्मान र सफलतासँगै जिम्मेवारी पनि थपिएको छ । खेल क्षेत्रमा अझै नेपाललाई थप सफलता दिलाउने मेरो सपना छ”, उनले भनिन् ।

देशको शीर उचो बनाएका दुवै खेलाडीलाई प्रोत्साहनका लागि सम्मान गरिएको नगरप्रमुख भीमप्रसाद ढुङ्गानाले बताए । “दुवै जना खेलाडीले देशविदेशमा नेपालको नाम उच्चो बनाएका छन् । उहाँहरूको हौसला बढाउन प्रोत्साहन स्वरूप यो सम्मान गरेका हौँ’’, उनले भने ।

नगरउपप्रमुख दीपक विश्वकर्माले खेल र खेलाडीको हितमा नगरपालिकाले काम गरिरहेको बताए । “धादिङकी यी दुई चेलीले नेपाललाई स्वर्ण दिलाउनु सामान्य कुरा होइन, त्यसैले उहाँहरूको योगदानको सम्मान गर्नुपर्छ । साथै खेल क्षेत्रमा लगानी र प्रोत्साहन आवश्यक छ भन्ने ध्येयले विकास निर्माण जस्तै खेल क्षेत्रमा पनि नगरपालिकालाई अब्बल बनाउँछौँ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन रेकर्ड

एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन रेकर्ड

नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो बलरको उपलब्धि हासिल गरेका छन् ।
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
५४ अंकको बराबरीपछि टाइब्रेकमा किसन कोइराला बने ‘खेल्रो’का पहिलो गेमवीक च्याम्पियन

५४ अंकको बराबरीपछि टाइब्रेकमा किसन कोइराला बने ‘खेल्रो’का पहिलो गेमवीक च्याम्पियन

नेपालको निःशुल्क खेलकुद पूर्वानुमान एप ‘खेलो’ले आफ्नो पहिलो गेमवीकका विजेता घोषणा गरेको छ। ५४ अंकमा बराबरी भएपछि टाइब्रेक नियमका आधारमा किसन कोइराला पहिलो गेमवीक च्याम्पियन बनेका हुन्।
एसीसी प्रिमियर कपः नेपालद्वारा बहराइन ७ विकेटले पराजित

एसीसी प्रिमियर कपः नेपालद्वारा बहराइन ७ विकेटले पराजित

कप्तान सन्दीप लामिछानेले १० ओभरमा चार मेडनसहित मात्र १४ रन दिएर पाँच विकेट लिए ।

भर्खरै