नेभिगेशन
सबै कुरा

करातेमा नेपाललाई स्वर्ण जिताउने धादिङका २ खेलाडीलाई निलकण्ठ नगरपालिकाको सम्मान

धादिङ । करातेमा नेपाललाई स्वर्ण पदक दिलाउन सफल धादिङकी समीक्षा ढुङ्गाना र एरिका गुरुङलाई नगदसहित सम्मान गरिएको छ । नीलकण्ठ नगरपालिकाले उनीहरुलाई नगद रु ५०÷५० हजारसहित सम्मान गरेको हो ।

गत २० जुलाईमा भुटानमा सम्पन्न आठौँ दक्षिण एसियाली (साफ) कराते प्रतियोगितामा समीक्षाले नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । नेपालको प्रतिनिधित्व गर्दै समीक्षाले ५३ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । यस्तै, २८ मार्चदेखि अप्रिल १ सम्म अमेरिकाको टेक्सासमा भएको युएस ओपन च्याम्पियनसीप कराते प्रतियोगितामा एरिकाले स्वर्ण पदक दिलाएकी थिइन् । उनले ६८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । 

Dish home
City Express

सम्मान ग्रहण गर्दै ढुङ्गानाले नीलकण्ठ नगरपालिकाको सम्मानले खेल क्षेत्रमा अघि बढ्न थप हौसला मिलेको बताइन् । “परिवार, साथीसङ्गी र गुरूहरूलगायत सबैको साथ सहयोगले मिलेको सफलताको खुसी बाड्न पाउँदा हर्षित छु । सम्मान र सफलतासँगै जिम्मेवारी पनि थपिएको छ । खेल क्षेत्रमा अझै नेपाललाई थप सफलता दिलाउने मेरो सपना छ”, उनले भनिन् ।

देशको शीर उचो बनाएका दुवै खेलाडीलाई प्रोत्साहनका लागि सम्मान गरिएको नगरप्रमुख भीमप्रसाद ढुङ्गानाले बताए । “दुवै जना खेलाडीले देशविदेशमा नेपालको नाम उच्चो बनाएका छन् । उहाँहरूको हौसला बढाउन प्रोत्साहन स्वरूप यो सम्मान गरेका हौँ’’, उनले भने ।

नगरउपप्रमुख दीपक विश्वकर्माले खेल र खेलाडीको हितमा नगरपालिकाले काम गरिरहेको बताए । “धादिङकी यी दुई चेलीले नेपाललाई स्वर्ण दिलाउनु सामान्य कुरा होइन, त्यसैले उहाँहरूको योगदानको सम्मान गर्नुपर्छ । साथै खेल क्षेत्रमा लगानी र प्रोत्साहन आवश्यक छ भन्ने ध्येयले विकास निर्माण जस्तै खेल क्षेत्रमा पनि नगरपालिकालाई अब्बल बनाउँछौँ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाल तेस्रो पटक टी–२० विश्वकपमा छनोट

नेपाल तेस्रो पटक टी–२० विश्वकपमा छनोट

जारी प्रतियोगिताको ‘सुपर सिक्स’मा आज युएईले सोमाओलाई ७७ रनले पराजित गरेसँगै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको हो । यससँगै नेपालले लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकपमा पुग्न...
विश्वकप क्रिकेट छनोटः नेपालद्वारा युएई १ रनले पराजित

विश्वकप क्रिकेट छनोटः नेपालद्वारा युएई १ रनले पराजित

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीतर्फ–१ मा आज भएको खेलमा नेपालले युएईलाई एक रनले पराजित गर्दै विजयी भएको हो । नेपालले जितका लागि दिएको १४१ रनको लक्ष्य पछ्याएको...
मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

आज मलेसियाले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको नेपालले १७ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै  पूरा ग¥यो । नेपालको लागि कप्तान इन्दु बर्माले ३९ बलमा ४८...
टी–२० विश्वकपका निम्ति खेलाडी छनोट, सन्दीप पनि समेटिए

टी–२० विश्वकपका निम्ति खेलाडी छनोट, सन्दीप पनि समेटिए

टोलीमा सन्दीप लामिछानेलाई पनि समावेश गरिएको छ । यसअघि उनले वेस्ट इन्डिजसँगको सिरिजको पहिलो खेल सुरु हुनु करिब ४५ मिनेट अगाडि मैदानमा उत्रन अस्वीकार गरेका थिए ।  क्यानले...