नेभिगेशन
सबै कुरा

लमजुङमा जब वडा अध्यक्षले मदिरा सेवन गरेर डाक्टर कुटे...

८ असोज,लमजुङ :  लमजुङ जिल्ला अस्पतालमा कार्यरत डाक्टर सन्दीप अधिकारीलाई रक्सीले मातेका वडाध्यक्षले कुटपिट गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बेसीशहर नगरपालिका-७ का वडाध्यक्ष ऋषिराम बस्नेतले आइतबार राति डाक्टर अधिकारीलाई कुटपिट गरेको अस्पतालका स्वास्थ्यकर्मीले बताएका छन् । 

Extreme Energy

अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका वडाध्यक्ष बस्नेतका आफन्तलाई वार्डमा सार्न लाग्दा वडाध्यक्ष बस्नेतले अश्लील गालीगलौज गर्दै डाक्टरलाई कुटपिट गरेको अस्पतालका डाक्टर सुदर्शन आचार्यले जानकारी दिए । वडा अध्यक्ष बस्नेत एमालेबाट निर्वाचित भएका हुन् । 

अस्पतालले कानुनी प्रक्रियाका लागि भन्दै मन्जुरीनामा बनाउन लाग्दा वडा अध्यक्ष बस्नेतले अस्पतालको मञ्जुरी नाममा हस्ताक्षर गर्न दिएका थिएनन् । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रमेश आचार्यका अनुसार चिकित्सकले सोधपुछ गर्न खोज्दा चिकित्सको छातीमा मोबाइल फ्याकेका वडा अध्यक्ष बस्नेतले अस्पतालको नर्सिङ कक्षभित्र बसेका डाक्टर, नर्स लगायतका टोलीलाई नर्सिङ कक्षको ढोका फोडेर आक्रमण गरेका थिए ।

उक्त घटनाले अस्पतालका बिरामी र स्वास्थ्यकर्मीलाई मानसिक तनाव उत्पन्न भएको अस्पतालका डाक्टरहरूले बताएका छन् । 

लगत्तै वडा अध्यक्ष बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अनुसार वडाध्यक्ष बस्नेतले आँफुले मदिराको नशामा आक्रोशित भएको स्विकार गरेका छन् ।

अहिले स्वास्थ्यकर्मीको लिखित उजुर दिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डिएसपी मिनबहादुर घलेले जानकारी दिए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।