नेभिगेशन
सबै कुरा

लमजुङमा जब वडा अध्यक्षले मदिरा सेवन गरेर डाक्टर कुटे...

८ असोज,लमजुङ :  लमजुङ जिल्ला अस्पतालमा कार्यरत डाक्टर सन्दीप अधिकारीलाई रक्सीले मातेका वडाध्यक्षले कुटपिट गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बेसीशहर नगरपालिका-७ का वडाध्यक्ष ऋषिराम बस्नेतले आइतबार राति डाक्टर अधिकारीलाई कुटपिट गरेको अस्पतालका स्वास्थ्यकर्मीले बताएका छन् । 

Ncell
Extreme Energy

अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका वडाध्यक्ष बस्नेतका आफन्तलाई वार्डमा सार्न लाग्दा वडाध्यक्ष बस्नेतले अश्लील गालीगलौज गर्दै डाक्टरलाई कुटपिट गरेको अस्पतालका डाक्टर सुदर्शन आचार्यले जानकारी दिए । वडा अध्यक्ष बस्नेत एमालेबाट निर्वाचित भएका हुन् । 

अस्पतालले कानुनी प्रक्रियाका लागि भन्दै मन्जुरीनामा बनाउन लाग्दा वडा अध्यक्ष बस्नेतले अस्पतालको मञ्जुरी नाममा हस्ताक्षर गर्न दिएका थिएनन् । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रमेश आचार्यका अनुसार चिकित्सकले सोधपुछ गर्न खोज्दा चिकित्सको छातीमा मोबाइल फ्याकेका वडा अध्यक्ष बस्नेतले अस्पतालको नर्सिङ कक्षभित्र बसेका डाक्टर, नर्स लगायतका टोलीलाई नर्सिङ कक्षको ढोका फोडेर आक्रमण गरेका थिए ।

उक्त घटनाले अस्पतालका बिरामी र स्वास्थ्यकर्मीलाई मानसिक तनाव उत्पन्न भएको अस्पतालका डाक्टरहरूले बताएका छन् । 

लगत्तै वडा अध्यक्ष बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अनुसार वडाध्यक्ष बस्नेतले आँफुले मदिराको नशामा आक्रोशित भएको स्विकार गरेका छन् ।

अहिले स्वास्थ्यकर्मीको लिखित उजुर दिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डिएसपी मिनबहादुर घलेले जानकारी दिए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सदन बाहिर नबोलेका मन्त्री महाबीर पुनलाई संसदीय समितिले बोलायो

सदन बाहिर नबोलेका मन्त्री महाबीर पुनलाई संसदीय समितिले बोलायो

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन अहिले चर्चाको केन्द्रमा छन् ।
सभापतिको निर्देशनपछि मधेश झर्दै रास्वपाका सांसद

सभापतिको निर्देशनपछि मधेश झर्दै रास्वपाका सांसद

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु मधेशतिर झरेका छन् । कोही स्थलमार्ग त कोही हवाई मार्गबाट मधेश प्रदेशतिर लागेका हुन् ।
राष्ट्रिय सभाको बैठक बस्दै, गृहमन्त्री गुरुङले जवाफ दिने कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, गृहमन्त्री गुरुङले जवाफ दिने कार्यसूची

संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
राष्ट्रपतिले शितल निवासमा बोलाएर प्रधानमन्त्रीलाई के भने ?

राष्ट्रपतिले शितल निवासमा बोलाएर प्रधानमन्त्रीलाई के भने ?

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उनीहरूबिच १५ मिनेट संवाद भएको थियो ।  प्रधानमन्त्री बनेपछि औपचारिक कार्यक्रममा बाहेक पहिलो पटक राष्ट्रपतिलाई भेट्न पुगेका बालेनले सुनसरी घटना र मुलुकमा...