नेभिगेशन
सबै कुरा

काठमाडौं महानगरकी उपप्रमुखले भेटिन् १८८ घन्टादेखि उभिरहेका ईःलाई

९ असोज, काठमाडौं । बालेन सुनितालाई पुरानो बाचा सम्झाउन भन्दै राष्ट्रियसभा अगाडि उभिरहेका अभियन्ता ईःलाई काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले भेट गरेका छन् । डंगोल ईःलाई भेट्न उनी उभिरहेको स्थानमै पुगेकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अभियन्ता ईः १ सय ८८ घण्टादेखि उभिरहेका छन् । हिजो काठमाडौं महानगरका प्रमुख बालेन साहले आफुले भेट्न बोलाउँदा ईः नआएको अरोप लगाएका थिए । सँगै उनले ईः अरु कसैबाट परिचालित भएको समेत बताएका थिए । 

CG

यता ईःले पनि मेयर भेट्न बोलाएको तर धम्की धम्कीको शैली प्रयोग गरेको आरोप लगाएका थिए । 

हिजो आरोप प्रत्यारोप मात्रै चल्यो । त्यसपछि वार्ताका कुनै पनि प्रयास भएन । आज काठमाडौं महानगरकी उपप्रमुखले ईःलाई भेट्दै उनको स्वास्थ्यअवस्थाबारे बुुझेकी हुन् । यद्यपी ईःले राखेको फुटपाथ व्यवसायीको विकल्पको बारेमा भने आफ्नो प्रयास गर्ने तर आफ्नो भूमिकाको सिमितिता रहेको बताएकी छिन् । 

निर्वाचन अगाडि फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्ने वाचा गरेका मेयर तथा उपमेयरले निर्वाचनपछि विना विकल्प फुटपाथ व्यवसायीलाई हटाएकोप्रति ईः लगायत अभियन्ताहरु रुष्ट बनेका छन् । उनीहरुले गरिब हैन गरिबी हटाउनुपर्ने बताउँदै आएका छन् । र मेयर÷उपमेयरलाई आफूले गरेको वाचा सम्झाउन भन्दै ईःले राष्ट्रिय सभागृह अगाडि उभिएर दवाव दिईरहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धर्मसँग जोडेर गलत प्रचार गरेको भन्दै डा.स्वर्णिम वाग्लेले दिए साइबर ब्यूरोमा निवेदन

धर्मसँग जोडेर गलत प्रचार गरेको भन्दै डा.स्वर्णिम वाग्लेले दिए साइबर ब्यूरोमा निवेदन

‘आफूले सार्वजनिक रूपमा कहिल्यै नबोलेका र नलेखेका विषयलाई मनगढन्ते रूपमा प्रस्तुत गरी फेसबुक र एक्स (पूर्व ट्विटर) जस्ता सामाजिक सञ्जालमा व्यापक प्रचार–प्रसार गरिएको छ,’ वाग्लेले उजुरीमा भनेका छन्...
प्रतिनिधिसभा निर्वाचनतर्फ सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनतर्फ सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार

प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटका अनुसार यहाँ सबैभन्दा बढी कैलालीमा ११, कञ्चनपुरमा छ र डोटीमा एक जना महिला आसन्न निर्वाचनमा होमिएका छन् । सुदूरपश्चिममा कूल २१० जनाको...
गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

रास्वपाले गण्डकी प्रदेशका १७ मध्ये १७ वटा सिटमा मात्रै उम्मेदवार उठाएको छ।
धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले

धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले

एमालेले फेरि धनबहादुर घलेलाई नै आफ्नो उम्मेदवार बनाएको छ । एमालेले आइतबार घलेलाई क्षेत्र नम्बर २ बाट टिकट दिएको थियो तर, मंगलबार घलेको टिकट खोसेर एमाले चन्द्र रिजाललाई...