नेभिगेशन
सबै कुरा

काठमाडौं महानगरकी उपप्रमुखले भेटिन् १८८ घन्टादेखि उभिरहेका ईःलाई

९ असोज, काठमाडौं । बालेन सुनितालाई पुरानो बाचा सम्झाउन भन्दै राष्ट्रियसभा अगाडि उभिरहेका अभियन्ता ईःलाई काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले भेट गरेका छन् । डंगोल ईःलाई भेट्न उनी उभिरहेको स्थानमै पुगेकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अभियन्ता ईः १ सय ८८ घण्टादेखि उभिरहेका छन् । हिजो काठमाडौं महानगरका प्रमुख बालेन साहले आफुले भेट्न बोलाउँदा ईः नआएको अरोप लगाएका थिए । सँगै उनले ईः अरु कसैबाट परिचालित भएको समेत बताएका थिए । 

Extreme Energy

यता ईःले पनि मेयर भेट्न बोलाएको तर धम्की धम्कीको शैली प्रयोग गरेको आरोप लगाएका थिए । 

हिजो आरोप प्रत्यारोप मात्रै चल्यो । त्यसपछि वार्ताका कुनै पनि प्रयास भएन । आज काठमाडौं महानगरकी उपप्रमुखले ईःलाई भेट्दै उनको स्वास्थ्यअवस्थाबारे बुुझेकी हुन् । यद्यपी ईःले राखेको फुटपाथ व्यवसायीको विकल्पको बारेमा भने आफ्नो प्रयास गर्ने तर आफ्नो भूमिकाको सिमितिता रहेको बताएकी छिन् । 

निर्वाचन अगाडि फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्ने वाचा गरेका मेयर तथा उपमेयरले निर्वाचनपछि विना विकल्प फुटपाथ व्यवसायीलाई हटाएकोप्रति ईः लगायत अभियन्ताहरु रुष्ट बनेका छन् । उनीहरुले गरिब हैन गरिबी हटाउनुपर्ने बताउँदै आएका छन् । र मेयर÷उपमेयरलाई आफूले गरेको वाचा सम्झाउन भन्दै ईःले राष्ट्रिय सभागृह अगाडि उभिएर दवाव दिईरहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।