नेभिगेशन
सबै कुरा

रास्वपालाई मुकुलको जवाफः पार्टीको विधान र आचारसंहिता विपरित कार्य गरेको छैन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकालले स्पष्टीकरणका लागि पठाइएको पत्रको जवाफ दिएका छन् । पार्टीले दोस्रोपटक सोधेको स्पष्टिकरणको उनले जवाफ दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जवाफमा उनले सभापतिलाई सम्बोधन गरी आफूमाथि गरिएको कारबाहीको कागजात प्रमाणहरुको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन माग गरेपनि नपाएको र फेरि अर्को स्पष्टिकरण सोधिएको बताएका छन् । उनले सभापतिले विधि विपरित, थितिविपरित हैकमे निरंकुश शासन चलाइरहेको आरोप समेत लगाएका छन् । 

Ncell
Extreme Energy

उनले स्पष्टिकरण सोधिएको पत्रमा भनेजस्तो आफुले पार्टीको विधान र आचारसंहिता विपरित कार्य नगरेको दावी गरेका छन् । बरु पार्टी जोगाउन लडिरहेको उनको दावी छ । 

‘आज पार्टीलाई तपाईँ रवि लामिछानेको निरंकुशता, व्यक्ति केन्द्रित व्यवहार र सोचबाट जोगाउन लागिपरेको छु ।’, उनले लेखेका छन्, ‘तपाईँ उपर सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टी विरुद्ध लाग्नु होइन ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा बाढीमा मृतकको सङ्ख्या १५७ पुग्यो

रसुवा बाढीमा मृतकको सङ्ख्या १५७ पुग्यो

फेला परेका शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा मात्रै ६४ जनाकाे शव फेला परेकाछन् भने धादिङमा २७, नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९ र रसुवामा ३ जनाको...
बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केहीबेर अघि सम्पन्न बैठकले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा...
बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

“शव धमाधम फेला परिरहेका छन् । हालसम्म १८ वटा फेला छ”, उनले भने। शवहरूको खोजीकार्य हालसम्म पनि जारी रहेको उनको भनाइ छ ।
भारत सरकारले पठायो १० टन राहत सामग्री

भारत सरकारले पठायो १० टन राहत सामग्री

भारतीय विदेशमन्त्री डा एस जयशङ्करले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै आज नेपालको रसुवामा आएको बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, आवश्यक औषधि नेपाल पठाइएको बताएका छन् ।