नेभिगेशन
सबै कुरा

यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णयहरु

काठमाडौँ । सरकारले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाका लागि मकवानपुर जिल्लामा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Marvel
Extreme Energy

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोजनाका लागि करिब ३३ हजार नौ सय ७५ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सरकारले नेपाल आयल निगम लिमिटेडलाई जितपुर सिमरा उपमहानगरपालिकामा करिब पाँच बिघा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ । 

बैठकले ललितपुर महानगरपालिकालाई गणतन्त्र कोरियाको चिवर–गुन नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । 

सामाजिक सञ्जाल टिकटकको प्रयोगमा लगाइएको रोक तोकिएका शर्तहरु पालना गर्नेगरी हटाउने निर्णय पनि सरकारले गरेको छ । तोकिएका शर्त पूरा भएपछि सरकारको यो निर्णय कार्यान्वयनमा जाने पनि सञ्चारमन्त्री गुरुङले बताए ।  

त्यसैगरी, विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा चालु आर्थिक वर्षका लागि अधिकृतस्तरको १६ वटा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

बैठकले यही भदौ ११ देखि १३ गतेसम्म उज्वेकिस्तानमा आयोजना हुने ‘मल्टिडाइमेशनल पोभर्टी पियर नेटवर्क’सम्बन्धी बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै आगामी कात्तिक २२ देखि २४ गतेसम्म कोलम्बियाको बोगोटामा आयोजना हुने ‘फस्र्ट ग्लोबल मिनिस्टियरियल कन्फेरेन्स अन इन्डिङ भाइलेन्स अगेन्ष्ट चिल्ड्रेन’ मा सहभागी हुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीलाई स्वीकृति प्रदान गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । 

त्यस्तै यही भदौ २७ र २८ गते ब्राजिलमा आयोजना हुने ‘वान प्लानेट नेटवर्क फोरम, २०२४’ कार्यक्रममा सहभागी हुन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीलाई स्वीकृति प्रदान गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । बैठकले राष्ट्रिय सहकारी विकास बोर्डको रिक्त सदस्य–सचिव पदमा रुपन्देहीका डा खगराज शर्मालाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हरि फुयालसहित को को न्यायाधीशमाथि लाग्दैछ महाभियोग ?

हरि फुयालसहित को को न्यायाधीशमाथि लाग्दैछ महाभियोग ?

के न्यायाधीश हरि फुयालमाथि मात्रै लाग्दैछ महाभियोग ? अरु कुन कुन न्यायाधीशले गरेको थिए बिचौलिया सापकोटासँग साँठगाँठ ? एकसाथ कतिजना न्यायाधीश पर्दैछन् महाभियोगको घानमा ? अनि कसरी अघि...
बालेन लक्षित गगन थापाको टिप्पणी– तर्साउने धेरै आए, तर्सिने बानी परेन

बालेन लक्षित गगन थापाको टिप्पणी– तर्साउने धेरै आए, तर्सिने बानी परेन

नेपाली कांग्रेसका सभापति गगन थापाले तर्साउने धेरै आए, तर्सिने बानी परेन भन्दै प्रधानमन्त्री बालेन शाहलाई लक्ष्य गरेर टिप्पणी गरेका छन्।
एनपिएलः चितवनजविरुद्ध टस जितेर फिल्डिङ गर्दै सुदूरपश्चिम

एनपिएलः चितवनजविरुद्ध टस जितेर फिल्डिङ गर्दै सुदूरपश्चिम

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । त्यससँगै चितवनले पहिले ब्याटिङ गर्ने भएको छ ।
एनपिएल क्रिकेटः कर्णालीमाथि काठमाडौँको जित

एनपिएल क्रिकेटः कर्णालीमाथि काठमाडौँको जित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा काठमाडौँले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । काठमाडौँ पहिलो खेलमा जनकपुर...