नेभिगेशन
सबै कुरा

सभागृहअघि उभिरहेका ईः र काठमाडौं महानगरबीच वार्ता हुँदै

९ असोज, काठमाडौं । बालेन सुनितालाई पुरानो बाचा सम्झाउन भन्दै राष्ट्रियसभा अगाडि उभिरहेका अभियन्ता ईःसँग काठमाडौं महानगरपालिकाले वार्ता सुरु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरको तर्फबाट वार्ताको नेतृत्व प्रवक्ता नविन मानन्धरले गरेका छन् । महानगग प्रमुखको सचिवालयका अनुसार वर्तामा मानन्धरसँगै कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य, अन्य दुई वडाअध्यक्ष र प्रमुख बालेका सचिवालयका सदस्य छन् ।

Extreme Energy

त्यस्तै अभियन्ता ईःको पक्षबाट पनि ४ जनाको टोली  छन् । जसमा कानून विज्ञदेखि शहरी विकास विज्ञ समेत छन् । 

यसअघि ईःलाई काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले भेटेकी थिइन् । त्यस्तै हिजो महानगरप्रमुख बालेन साहले वार्तामा बोलाउँदा नआएको र राजनीतिक दलबाट परिचालित भएको बताएका थिए । ईःले भने महानगरले वार्तामा बोलाउने नाममा धम्क्याएको बताएका थिए । 

हिजो भेट्न बोलाउँदा नआएको बताउने महानगर प्रमुख बालेन साह आजको वार्तामा भने नबस्ने भएका छन् । 

निर्वाचन अगाडि फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्ने वाचा गरेका मेयर तथा उपमेयरले निर्वाचनपछि विना विकल्प फुटपाथ व्यवसायीलाई हटाएकोप्रति ईः लगायत अभियन्ताहरु रुष्ट  छन् । उनीहरुले गरिब हैन गरिबी हटाउनुपर्ने बताउँदै आएका छन् । र मेयर÷उपमेयरलाई आफूले गरेको वाचा सम्झाउन भन्दै ईःले राष्ट्रिय सभागृह अगाडि उभिएर दवाव दिईरहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।