नेभिगेशन
सबै कुरा

सभागृहअघि उभिरहेका ईः र काठमाडौं महानगरबीच वार्ता हुँदै

९ असोज, काठमाडौं । बालेन सुनितालाई पुरानो बाचा सम्झाउन भन्दै राष्ट्रियसभा अगाडि उभिरहेका अभियन्ता ईःसँग काठमाडौं महानगरपालिकाले वार्ता सुरु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरको तर्फबाट वार्ताको नेतृत्व प्रवक्ता नविन मानन्धरले गरेका छन् । महानगग प्रमुखको सचिवालयका अनुसार वर्तामा मानन्धरसँगै कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य, अन्य दुई वडाअध्यक्ष र प्रमुख बालेका सचिवालयका सदस्य छन् ।

Ncell
Extreme Energy

त्यस्तै अभियन्ता ईःको पक्षबाट पनि ४ जनाको टोली  छन् । जसमा कानून विज्ञदेखि शहरी विकास विज्ञ समेत छन् । 

यसअघि ईःलाई काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले भेटेकी थिइन् । त्यस्तै हिजो महानगरप्रमुख बालेन साहले वार्तामा बोलाउँदा नआएको र राजनीतिक दलबाट परिचालित भएको बताएका थिए । ईःले भने महानगरले वार्तामा बोलाउने नाममा धम्क्याएको बताएका थिए । 

हिजो भेट्न बोलाउँदा नआएको बताउने महानगर प्रमुख बालेन साह आजको वार्तामा भने नबस्ने भएका छन् । 

निर्वाचन अगाडि फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्ने वाचा गरेका मेयर तथा उपमेयरले निर्वाचनपछि विना विकल्प फुटपाथ व्यवसायीलाई हटाएकोप्रति ईः लगायत अभियन्ताहरु रुष्ट  छन् । उनीहरुले गरिब हैन गरिबी हटाउनुपर्ने बताउँदै आएका छन् । र मेयर÷उपमेयरलाई आफूले गरेको वाचा सम्झाउन भन्दै ईःले राष्ट्रिय सभागृह अगाडि उभिएर दवाव दिईरहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।