नेभिगेशन
सबै कुरा

विशेष समितिमा रवि लामिछानेसँग ९ घण्टा सोधपुछ

काठमाडौं । सहकारी छानबिन विशेष समितिले तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग ९ घण्टा सोधपुछ गरेको छ । शुक्रबार अपराह्नबाट सोधपुछ गर्न लागिएपछि मध्यरात १ बजेमात्रै सकिएको थियो । समितिका सांसदहरुले लामिछानेलाई ९ घण्टासम्म ५० वटा प्रश्न सोधेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिले अधिकांस प्रश्नहरु यस अघिनै मिडियामा आएका कुराहरुलाई आधार बनाएर गरेका थिए । लामिछानेले आफ्नो नाममा आएको भनिएको ऋणमा आफ्नो नाम दुरुपयोग भएको तर ति सहकारीमा आफ्नो संलग्नता नभएको तथा आफ्नो हस्ताक्षर, नागरिकता लगायत ऋण प्रभाव गर्न आवश्यक कुनै पनि कागजपत्र पेश नभएको जवाफ दिए । 

Ncell
Extreme Energy

लामिछानले आफू ग्यालेग्सी टेलिभिजनका कार्यक्रम उत्पादन र प्रसारणमा केन्द्रित भएका तर आर्थिक व्ययवस्थापनको पाटो अध्यक्ष जिबी राई कै भएको जवाफ दिएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा बाढीमा मृतकको सङ्ख्या १५७ पुग्यो

रसुवा बाढीमा मृतकको सङ्ख्या १५७ पुग्यो

फेला परेका शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा मात्रै ६४ जनाकाे शव फेला परेकाछन् भने धादिङमा २७, नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९ र रसुवामा ३ जनाको...
बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केहीबेर अघि सम्पन्न बैठकले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा...
बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

“शव धमाधम फेला परिरहेका छन् । हालसम्म १८ वटा फेला छ”, उनले भने। शवहरूको खोजीकार्य हालसम्म पनि जारी रहेको उनको भनाइ छ ।
भारत सरकारले पठायो १० टन राहत सामग्री

भारत सरकारले पठायो १० टन राहत सामग्री

भारतीय विदेशमन्त्री डा एस जयशङ्करले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै आज नेपालको रसुवामा आएको बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, आवश्यक औषधि नेपाल पठाइएको बताएका छन् ।