नेभिगेशन
सबै कुरा

आन्दोलनरत चिकित्सक र सरकारबिच वार्ता जारी

९ असाेज, काठमाडौँ : काठमाडौँमा आन्दोलनरत चिकित्सक र सरकारबिच वार्ता जारी छ । 

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा भइरहेको वार्तामा स्वास्थ्यमन्त्रालयका अधिकारी, स्वास्थ्यकर्मी ट्रेड युनियन, मेडिकल काउन्सिल, चिकित्सक संघका प्रतिनिधि उपस्थित छन् । वार्ता गृहमन्त्रालयमा ३ बजेदेखि चलिरहेको छ ।

CG

स्वास्थ्यकर्मीमाथि श्रृङ्खलाबद्ध आक्रमण हुन थालेपछि काठमाडौँको माइतीघर मण्डलामा ठूलो सङ्ख्यामा भेला भएका चिकित्सकले सुरक्षाको माग गर्दै नाराबाजी गरेका छन् । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्व कार्यान्वयन गरिनुपर्ने उनीहरुको माग थियो । 

उनीहरूले दोषीलाई खुल्ला छुट डाक्टरमाथि बुटैबुट, अस्पतालमा नआउ डाक्टर बिरामीको दुवैको ज्यान बचाउ, डाक्टर कुट्न पाइँदैन, पेशा छोडौँ कि देश छोडौँ ? लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए । 

लम्जुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मंगलबार मृत्यु भएको थियो । मृतकका आफन्तसहितको भीडले डाक्टरले लापरवाही गरेको भन्दै हातपात गरेको थियो । यो घटनाले मणिपाल अस्पताल परिसरसमेत तनावपूर्ण भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
वीर अस्पतालमा बिरामीको कन्तबिजोग, औषधि अभावमा छटपटी

वीर अस्पतालमा बिरामीको कन्तबिजोग, औषधि अभावमा छटपटी

नियमित औषधि र ओपिडिका लागि अतिआवश्य सर्जिकल सामानहरु बिरामीले पाउन छोडेको विषयले अहिले वीर अस्पतालको आलोचन बढ्दै गइरहेको छ । केहि हप्तादेखि अस्पताल व्यवस्थापन र प्रशासनले औषधि तथा...
सुत्केरी हुनेभन्दा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या धेरै

सुत्केरी हुनेभन्दा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या धेरै

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले भने, “ बेनी प्रादेशिक अस्पतालमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक सय ७७  सुत्केरी भए । सोही अवधिमा एक सय ९१  ...
चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’, कसरी गरिन्छ सर्जरी ?

चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’, कसरी गरिन्छ सर्जरी ?

रोबोटिक तथा युरो सर्जन डा गुरुङका अनुसार चिरेर गरिने शल्यक्रिया र दुरविन प्रविधिबाट गरिने शल्यक्रियाभन्दा रोबोटिक शल्यक्रिया धेरै आधुनिक र सटिक हुने गर्दछ । उनले भने, “रोबोटिक सर्जरी...
दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञ सेवा सुरु

दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञ सेवा सुरु

गत असोज ९ गते डाक्टर शाही जिल्ला अस्पतालमा हाजिर भएकी हुन । विसं २०४२ मा स्थापना भएको जिल्ला अस्पतालमा पहिलो पटक स्त्रीरोग विशेषज्ञ चिकित्सक आएको जिल्ला अस्पतालका सूचना...