नेभिगेशन
सबै कुरा

आन्दोलनरत चिकित्सक र सरकारबिच वार्ता जारी

९ असाेज, काठमाडौँ : काठमाडौँमा आन्दोलनरत चिकित्सक र सरकारबिच वार्ता जारी छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा भइरहेको वार्तामा स्वास्थ्यमन्त्रालयका अधिकारी, स्वास्थ्यकर्मी ट्रेड युनियन, मेडिकल काउन्सिल, चिकित्सक संघका प्रतिनिधि उपस्थित छन् । वार्ता गृहमन्त्रालयमा ३ बजेदेखि चलिरहेको छ ।

Ncell
Extreme Energy

स्वास्थ्यकर्मीमाथि श्रृङ्खलाबद्ध आक्रमण हुन थालेपछि काठमाडौँको माइतीघर मण्डलामा ठूलो सङ्ख्यामा भेला भएका चिकित्सकले सुरक्षाको माग गर्दै नाराबाजी गरेका छन् । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्व कार्यान्वयन गरिनुपर्ने उनीहरुको माग थियो । 

उनीहरूले दोषीलाई खुल्ला छुट डाक्टरमाथि बुटैबुट, अस्पतालमा नआउ डाक्टर बिरामीको दुवैको ज्यान बचाउ, डाक्टर कुट्न पाइँदैन, पेशा छोडौँ कि देश छोडौँ ? लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए । 

लम्जुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मंगलबार मृत्यु भएको थियो । मृतकका आफन्तसहितको भीडले डाक्टरले लापरवाही गरेको भन्दै हातपात गरेको थियो । यो घटनाले मणिपाल अस्पताल परिसरसमेत तनावपूर्ण भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार र डा. गोविन्द केसीबीच सहमति, तोडे अनसन

सरकार र डा. गोविन्द केसीबीच सहमति, तोडे अनसन

बिहीबारदेखि धनगढीमा अनसन बसेका डा. केसीसँग वार्ता गर्न शिक्षामन्त्रीको निर्देशनमा शिक्षा सचिव चूडामणि पौडेल शनिबार धनगढी पुगेका थिए ।
नारायणी अस्पताल घटना: चिकित्सकमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

नारायणी अस्पताल घटना: चिकित्सकमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनापछि चिकित्सकमाथि भएको आक्रमण आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, लगियो अस्पताल

धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, लगियो अस्पताल

डा. केसी धनगढीको कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा सत्याग्रहमा बसेका थिए । उनलाई चिकित्सको सल्लाहमा प्रादेशिक अस्पताल सारिएको हो ।
जलन अस्पतालमा छैन खाली बेड

जलन अस्पतालमा छैन खाली बेड