नेभिगेशन
सबै कुरा

पर्सामा बाघको आक्रमणबाट वृद्धको मृत्यु

पर्सा । पर्सामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।  जिल्लाको जिराभवानी गाउँपालिका–५ शंकरसखुवनियामा बाघको आक्रमणबाट ६० वर्षीय तुलसी राउत थारुको मृत्यु भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीका अनुसार शुक्रबार बिहान घाँस काट्न गाउँ नजिकैको जङ्गल गएका थारुमाथि बाघले आक्रमण गरेको थियो । उनको दाहिने खुट्टा र बाँया हात बाघले खाएको अवस्थामा सुगिभार नजिकको नर्सरीमा शव फेला परेको हो। शव फेला परेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए । 

Ncell
Extreme Energy

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथापाका अनुसार घटनास्थलमा पुगेको प्रहरी टोलीले मुचुल्का तयार गरेर शव परीक्षणका लागि नारायणी अस्पतालमा पठाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

“शव धमाधम फेला परिरहेका छन् । हालसम्म १८ वटा फेला छ”, उनले भने। शवहरूको खोजीकार्य हालसम्म पनि जारी रहेको उनको भनाइ छ ।
भारत सरकारले पठायो १० टन राहत सामग्री

भारत सरकारले पठायो १० टन राहत सामग्री

भारतीय विदेशमन्त्री डा एस जयशङ्करले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै आज नेपालको रसुवामा आएको बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, आवश्यक औषधि नेपाल पठाइएको बताएका छन् ।
दैवी प्रकोप उद्धार र राहत कोषका लागि यी बैंक खातामा सहयोग रकम जम्मा गर्न सकिने

दैवी प्रकोप उद्धार र राहत कोषका लागि यी बैंक खातामा सहयोग रकम जम्मा गर्न सकिने

दीर्घकालीन पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र राहत कोषमा आर्थिक सहयोग गर्न कार्यालयले अपील गरेको छ।
रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन

रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन

प्राधिकरणकाअनुसार त्रिशुली जलविद्युत कम्पनीको निर्माणाधिन रहेको त्रिशुली ३ बी को साइटमा कार्यरत २१ जना कर्मचारीहरु सम्पर्क बाहिर छन्