नेभिगेशन
सबै कुरा

जीपबाट हाम्फालेका युवकले फोन गरेर भने ‘गाडी सुनकोशीमा बग्यो, म मात्रै निस्के अरु कोही निस्केन...’

काठमाडाैँ । सिन्धुलीको गोलञ्जरमा जीप दुर्घटना भएको छ । खोटाङबाट काठमाडौँ आइरहेको ४ जना सवार जीप गोलञ्जर गाउँपालिका १  कुडुलेबाट सुनकोशी नदीमा खसेको हो । जीप सुनकोशी नदीमा खसेको र एक जना यात्रु बाँचेर शकुसल सडकमा आएको वडा अध्यक्ष सोमप्रसाद बरालले पुष्टी गरे । जीपमा सवार अनय ३ जना बेपत्ता छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुर्घटनामा परेर सकुसल निस्केका एक युवाले फोनमा कुरा गर्दै गरेको भिडियो सार्वजनिक भएको छ । उनले उक्त फोन कलमा आफु मात्र बाहिर निस्केको अरु कोही बाहिर नआएको बताएका छन् । यस्तो छ उनले फोनमा बताएको एकतर्फी कुरा । 

Ncell
Extreme Energy

हेलो...

अ...

ह्याँ बाटोमा, गाडी दुर्घटना भयो...

थाहा छैन म मात्र निस्के । कसरी निस्केँ थाहा छैन । केही निस्केन । कोही निस्केन ...

मान्छेहरु आइसक्यो । प्रहरीलाई फोन गरेको छ । अन्सुलाई, बालकृष्ण अंकलाई फोन गर्देउ ...

वडाध्यक्ष बरालका अनुसार ति युवाले आफ्नो नाम सुशान्त बताएका छन् । शकुसल रहेका यात्रुले आफ्नो घर भक्तपुर बताएको र उनीहरु सोलोखुम्बु, घुमेर फर्किदै गर्दा दुर्घटनामा परेको वडा अध्यक्ष बरालले जानकारी दिए ।  दुर्घटनामा परेकाहरु हलेसी दर्शन गरेर फर्केको जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमुख प्रशासकीय अधिकृतले जानकारी दिए । 

नदीमा खसेको कार र बाँकी यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । खोटाङको हलेसीबाट काठमाडौँतर्फ आइरहेको सो कार आज करिब साँझ ५ः३० बजे नदीमा खसेको थियो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार सवारी नम्बर नखुलेको हाइलेक्स गाडी चालक सूर्यविनायक नगरपालिकाका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका हुन् ।

गाडीमा चारजना सवार थिए । अर्का सोही ठाउँ बस्ने घाइते २७ वर्षीय सुशान्त कक्षपतिको स्थानीय शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । नदीमा खसेर बेपत्ता भएको गाडीसहित सवार यात्रीको खोजीकार्यका लागि घटनास्थलमा हाल ४० जना प्रहरीको टोली खटिएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दैवी प्रकोप उद्धार र राहत कोषका लागि यी बैंक खातामा सहयोग रकम जम्मा गर्न सकिने

दैवी प्रकोप उद्धार र राहत कोषका लागि यी बैंक खातामा सहयोग रकम जम्मा गर्न सकिने

दीर्घकालीन पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र राहत कोषमा आर्थिक सहयोग गर्न कार्यालयले अपील गरेको छ।
रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन

रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन

प्राधिकरणकाअनुसार त्रिशुली जलविद्युत कम्पनीको निर्माणाधिन रहेको त्रिशुली ३ बी को साइटमा कार्यरत २१ जना कर्मचारीहरु सम्पर्क बाहिर छन्
रसुवागढी भन्सारका १५ कर्मचारी बेपत्ता

रसुवागढी भन्सारका १५ कर्मचारी बेपत्ता

अर्थमन्त्रालयका अनुसार रसुवागढी भन्सारका १५ कर्मचारीसँग सम्पर्क हुन सकेको छैन । त्यस बाहेक अन्य घाइते कर्मचारीलाई उपचारकालागि काठमाडौँ ल्याइएको छ ।
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

प्रवक्ता जगदिश खरेलकाअनुसार सभापति लामिछानेको आह्वानमा भोलि विहान ९ बजे रास्वपा संसदीय दलको कार्यालयमा सर्वदलीय बैठक बस्दैछ ।