नेभिगेशन
सबै कुरा

‘अहिलेको सरकार भात–रोटी खान्छ, घूस खाँदैन’–प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले घुस नखाने भन्दै प्रहरीको सरुवा बढुवाका लागि दौडधुप आवश्यक नभएको बताएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको काठमाडौँ महानगरपालिका–११ भद्रकालीस्थित नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीमा बढुवा र सरुवाका लागि कुनै दौडधुप गर्न नपर्ने उल्लेख गर्दै उनले भने, “झोला थैला बोकेर कसैकामा कुद्नु पर्दैन, अहिलेको सरकार भात–रोटी खान्छ, घूस खाँदैन, तपाईंहरु कर्तव्यपालनामा पूर्ण स्वतन्त्र भएर ढुक्कले लाग्नूस्, अवाञ्छित र अनुचित प्रभावमा नलाग्नूस् ।” 

Ncell
Extreme Energy

प्रहरीले साबिकको नेपाल खाद्य संस्थानसँग एक अर्ब १० करोडमा १५ रोपनी जग्गा खरिद गरेर रु एक अर्ब २६ करोडको लागतमा अत्याधुनिक भवन निर्माण गरेको हो । जिल्ला परिसर काठमाडौँ २०१२ सालमा हुनमानढोकाबाट सञ्चालन भएको थियो । 

प्रधानमन्त्री ओलीले मुलुकको शान्तिसुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वअनुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिनेतर्फ सदैव सचेत भएर काम गर्न निर्देशन दिएका छन् । अस्थिरता र अराजकता मच्चाउन खोज्ने प्रयासप्रति हरदम सचेत भएर जनतालाई शान्ति सुरक्षा दिने मामिलामा दृढताका साथ काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिए । 

उनले भने, “वर्तमान सरकारले कुनै पनि अपराधीलाई नसमाउ भन्दैन, निर्दोषलाई फसाउ भन्दैन र दोषीलाई छाड्दैन ।” वर्तमान सरकार देश र जनताको पक्षमा केही गरौँ भन्ने भावनाका साथ गठन भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संविधान र काननुबमोजिम कर्तव्य निर्वाह गर्न उन्नत ज्ञानको प्रयोग गरी जनतालाई गुणस्तरीय सेवा दिन निर्देशन दिए ।  

“यो सरकार केवल अर्को सरकार होइन, यसले केही गरौँ भन्ने भावनाका साथ अस्थिरताका ठाउँमा स्थिरताको प्रवृत्ति बोकेको छ”, प्रधानमन्त्री ओलीले भने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन– सबै संयन्त्र परिचालन गर्नुस्

प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन– सबै संयन्त्र परिचालन गर्नुस्

राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान रसुवाको भोटेकेशी नदीमा आएको बाढीले तटीय क्षेत्रमा भएको विपत्तिमा परेका नागरिकको खोज, उद्धार र राहतको कार्यमा राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री बालेन...
९५ शव भेटियो, ७ सयभन्दा बढी सम्पर्कविहीन

९५ शव भेटियो, ७ सयभन्दा बढी सम्पर्कविहीन

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अहिलेसम्म ९५ जनाको शव फेला परेको छ ।
प्रधानमन्त्रीले भने– तपाईंहरु एक्लो हुनुहुन्न, सम्पूर्ण जिम्मेवारी सरकारले लिन्छ

प्रधानमन्त्रीले भने– तपाईंहरु एक्लो हुनुहुन्न, सम्पूर्ण जिम्मेवारी सरकारले लिन्छ

प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित नागरिकहरुको सम्पूर्ण जिम्मेवारी सरकारले लिने बताएका छन् ।
भोटेकोशी बाढी– दिनभर केके भए, कहाँ कति क्षति?

भोटेकोशी बाढी– दिनभर केके भए, कहाँ कति क्षति?

भौतिक क्षति त एउटा कुरा भयो, यो भन्दा ठूलो क्षति मानवीय क्षति हो । सुरक्षा पहरा दिँदै गरेका सुरक्षाकर्मी बेपत्ता छन्, भन्सारमा काम गर्दै गरेका कर्मचारी सम्पर्कविहीन छन्...