नेभिगेशन
सबै कुरा

नेताहरुविरुद्ध नारावाजी भएपछि प्रधानमन्त्री ओलीले भने, ‘नयाँ पुस्ताले शिष्टता बिर्सियो’ (भिडियाे)

काठमाडौँ । काठमाडौँको टुंडिखेलमा अयोजित गौरा पर्वको कार्यक्रममा नेताहरुविरुद्ध नारावाजी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता बिर्सँदै गएको बताए । नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास असफल दावी गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

‘नयाँ पुस्तामा हाम्रो सभ्यता, शिष्टता कस्तो हो, मर्यादा कस्तो हो भन्ने बिर्सिन खोजेको देख्दा अचम्म लाग्छ ।’ उनले भने, ‘यस्ता घटनाहरु विभिन्न स्थानमा देखिने गरेका छन् । अरुका कार्यक्रम बिथोल्ने गरेका छन् । म आग्रह गर्न चाहन्छु, यो नेपालीपन होइन, नेपाली संस्कृति होइन ।’

उनले मेलमिलाप र एकअर्काको संस्कृतिलाई सम्मान गर्ने देश नेपाल भएको जिकिर गरे । जति बिथोल्न खोजे पनि नेपाली समाज नबिथोलिने बताए । ओलीले सुन्दर सुदूरपश्मिबाट सुरु भएको सो पर्व नेपालको मौलिक पर्व भएको उनले उल्लेख गरे । 

सोही कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहभागी सर्वसाधारणलाई हकारेका थिए । नेताहरुविरुद्ध नारावाजी भएपछि देउवाले ‘लाज नभएका बदमासहरु’ भन्दै हकारेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढी– दिनभर केके भए, कहाँ कति क्षति?

भोटेकोशी बाढी– दिनभर केके भए, कहाँ कति क्षति?

भौतिक क्षति त एउटा कुरा भयो, यो भन्दा ठूलो क्षति मानवीय क्षति हो । सुरक्षा पहरा दिँदै गरेका सुरक्षाकर्मी बेपत्ता छन्, भन्सारमा काम गर्दै गरेका कर्मचारी सम्पर्कविहीन छन्...
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

त्यसैगरी निजी क्षेत्रअन्तर्गत कैलाश हेलिकप्टरले रसुवा–टिचिङ अस्पतालमा पाँच जना, सिम्रिकले रसुवाबाट तीन, जना, अन्नपूर्ण रसुवाबाट टिचिङ अस्पतालमा चार जनाको उद्धार गरेका छन् ।
मोदीले बालेनलाई भने– सम्भावित सबै मानवीय सहयोग गर्न भारत तयार छ

मोदीले बालेनलाई भने– सम्भावित सबै मानवीय सहयोग गर्न भारत तयार छ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी प्रभावित नेपालीहरुलाई सहयोग गर्न भारत तयार रहेको बताएका छन् ।
भारत, चीन र विश्व बैंकले सोधे– कस्तो सहयोग कहाँ पठाऊँ ?

भारत, चीन र विश्व बैंकले सोधे– कस्तो सहयोग कहाँ पठाऊँ ?

नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न सरकारसँग भारत, चीन र विश्व बैंकले समन्वय गरेका छन्