नेभिगेशन
सबै कुरा

कडाइका साथ राजस्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कडाइका साथ राजस्व चुहावट नियन्त्रण गर्न निर्देशन दिएका छन् । 

सिंहदरबारमा आज सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधिको छलफलमा प्रधानमन्त्री ओलीले चोरीपैठारी, भन्सार छली, भन्सार छुट वा न्यून बीजक गर्नेजस्ता गलत कार्यलाई रोक्न निर्देशन दिएका हुन्। 

उनले १५ खर्बसम्म राजस्व सङ्कलन हुने अर्थतन्त्रको क्षमता भएकाले लक्ष्यअनुसार सङ्कलन हुन केके गर्नुपर्छ, त्यसको ठोस योजना ल्याउन आग्रह गरे । 

छलफलमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव लीलादेवी गड्तौला, गृह र अर्थ मन्त्रालयका सचिवहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकहरु, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत, राजस्व अनुसन्धान विभाग, भन्सार विभागका महानिर्देशकलगायत सहभागी थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राजधानीमा चलेको किशोरीको डिम्ब बेच्ने धन्दामा प्रहरीको अपरेसन !

राजधानीमा चलेको किशोरीको डिम्ब बेच्ने धन्दामा प्रहरीको अपरेसन !

किशोरीलाई १० हजार दिइन्छ र त्यो अण्डा किन्ने क्रेताबाट १८ देखि २० लाखसम्म उठाउने गरिन्छ ।
सामान्य प्रशासनमा घुसको रेटः मन्त्री ७८ लाख, सचिवालय माग्थ्यो ७ देखि १० लाख, के गर्ला अख्तियार ?

सामान्य प्रशासनमा घुसको रेटः मन्त्री ७८ लाख, सचिवालय माग्थ्यो ७ देखि १० लाख, के गर्ला अख्तियार ?

आफ्नै निर्वाचन क्षेत्रको एक पालिकामा  प्रमुख प्रशासकीय अधिकृत सरुवाका लागि उनले भदौ महिनामै सो रकम डिल गरेका थिए । असार ३१ गते राजकुमार गुप्ता संघीय मामला तथा सामान्य...
रिलायन्स स्पिनिङ मिल्सलाई ‘सीआईपी’ सम्मान

रिलायन्स स्पिनिङ मिल्सलाई ‘सीआईपी’ सम्मान

केन्द्रका अनुसार रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ४९ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ। कम्पनीले तेस्रो मुलुकतर्फको निर्यात पनि बढाउँदै लगेको छ।