नेभिगेशन
सबै कुरा

दोरम्बा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा गएको पहिरोमा परी मृत्यु हुनेहरूको सङ्ख्या आठ पुगेको छ ।

यही भदौ ९ गते (आइतबार) बिहान गएको पहिरोमा परी चार घर बगाउँदा हराइरहेका १० मध्ये मङ्गलबारसम्म आठजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रदीपकुमार सिंहले बताए । 

उनले मङ्गलबार एक महिलाको बायाँ गोडाको पैतालाको भागमात्र भेटिएपछि हराइरहेका आफन्तसँग अनुसन्धान गर्दा नङ पालिस लगाएको बाङ्गो औलाका आधारमा आफ्नी हराइरहेकी श्रीमती बिन्दा पहरीको भएको उनका श्रीमान् कुमार पहरीले स्वीकार गरेपछि सनाखत गरी परिवारको जिम्मा लगाइएको बताए ।

गत शनिबार राति परेको अविरल वर्षाका कारण सो गाउँपालिकाको वडा नं ३ लेखर्कमा पहिरोमा परेर ११ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये एकजनालाई जीवितै उद्धार गरिएको थियो भने ६ जनाको शव सोही दिन नै निकालिएको थियो । त्यसपछि एकको शव र हिजो एकजनाको पैतालाको भाग फेला परेपछि मृत्यु हुनेको सङ्ख्या ८ पुगेको हो । 

सोहि वडाका ५५ वर्षीय काले पहरी र ५० वर्षीय झ्याइपुरी पहरी अझै बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । पहिरोमा परी सो वडाकी ३० वर्षीया चण्डिका श्रेष्ठ, निजका १८ महिनाका छोरा आयुष श्रेष्ठ, सोही वडाका ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरी शव आइतबार नै फेला पारी परीक्षणपश्चात् परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमाले पार्टी कार्यालयको भवनमा विनियोजित ३० लाख रोकियो

एमाले पार्टी कार्यालयको भवनमा विनियोजित ३० लाख रोकियो

कमलामाई नगरपालिका वडा नम्बर–६ स्थित नेकपा एमाले, जिल्ला पार्टी कार्यालयको भवनका लागि प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयबाट आव २०८१÷८२ मा बिनियोजित ३० लाख रुपैया रकम निकासा रोकएको...
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन माग गर्नु राजनीतिक फण्डा हो : विश्वप्रकाश शर्मा

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन माग गर्नु राजनीतिक फण्डा हो : विश्वप्रकाश शर्मा

विपक्षी दलबाट गृहमन्त्रीमाथि छानबिन अहिले किन नगर्ने भन्ने कुरा आएको छ । प्रष्टै छ, गृहमन्त्रीविरुद्ध कुनै अदालतमा उजुरी परेको अवस्था छैन । अहिलेको भिजिट भिसा प्रकरणमा अख्तियार दुरूपयोग...
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था

सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुई बसमा ६२ जना यात्रु थिए । तीमध्ये तीन जना जीवित, २० जनाको शव भेटिएको थियो भने बाँकी अझै बेपत्ता छन् ।
रसुवागढीकाे मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

रसुवागढीकाे मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

टानले मितेरी पुल बगाउँदा रसुवागढीबाट सडक मार्ग हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको कैलाश मानसरोबर यात्रामा जाने नेपाली, विदेशी तीर्थयात्री तथा पर्यटकहरु तिब्बत प्रवेश गर्नबाट बञ्चित हुनुपरेको भन्दै तत्काल...