नेभिगेशन
सबै कुरा

आजको मौसमः कोशी, गण्डकी, लुम्बिनी र कर्णालीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको  छ ।  मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

Ncell
Extreme Energy

यसैगरी, आज राति देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भारत, चीन र विश्व बैंकले सोधे– कस्तो सहयोग कहाँ पठाऊँ ?

भारत, चीन र विश्व बैंकले सोधे– कस्तो सहयोग कहाँ पठाऊँ ?

नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न सरकारसँग भारत, चीन र विश्व बैंकले समन्वय गरेका छन्
२५ घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइयो

२५ घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइयो

सुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
चार जिल्लामा १७ जनाको शव फेला, ७ जिल्ला प्रभावित

चार जिल्लामा १७ जनाको शव फेला, ७ जिल्ला प्रभावित

भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । प्रहरीले चार जिल्लामा १७ जनाको शव फेला परेको जनाएको छ ।
भोटेकोशी बाढीको जोखिमपछि सुस्ता गाउँ खाली गराइँदै

भोटेकोशी बाढीको जोखिमपछि सुस्ता गाउँ खाली गराइँदै

भोटेकोशी नदीमा आएको भीषण बाढीको प्रभाव नारायणी नदी हुँदै नवलपरासीसम्म पर्न सक्ने जोखिम बढेपछि सुस्ता गाउँ खाली गराउन थालिएको छ।